काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से)मा एकल अंकले बृद्धि भएको छ । प्रिसेसनमा ३.५७ अंकले बढ्दै नेप्से २७३३.५७ को बिन्दुमा उक्लिएको छ ।
प्रिसेसनमा कारोबारमा आएका ६९ कम्पनीमध्ये ४० को मूल्य बढ्दा २५ को मूल्य घट्यो । ४ कम्पनीको मूल्य स्थिर रह्यो ।
यो सेसनमा सबैभन्दा धेरै जलविद्युत र लघुवित्त क्षेत्रका कम्पनीको सेयर किनबेच भयो । ७ हजार ३०५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५२ लाख ७५ हजार रुपैयाँको भयो ।
लगातार बृद्धिका बिच यसअघि सोमबार नेप्से २.४१ अंकले बढेको थियो । विशेषगरी अघिल्ला दुई दिनको उच्च बृद्धिपछि नेप्सेमा नाफा बुक गर्नेहरु हाबी हुँदा कारोबार रकम उच्च रहेपनि सूचक बढ्न सकेको थिएन ।
यद्यपि, सोमबारको कारोबारले उच्च बृद्धिलाई स्वीकार गरेको देखिन्छ । जसले आगामी दिन बृद्धिकै यात्रालाई संकेत गर्दछ । मंगलबारको प्रिसेसनको बृद्धिले पनि लगानीकर्ता उत्साहित मोडमै रहेको संकेत गरेको छ ।