तेजपातमा राम्रो मात्रामा फाइबर हुन्छ, जसले पाचन कायम राख्न मद्दत गर्छ। साथै, यसमा पाइने इन्जाइमहरूले खानालाई टुक्य्राउन मद्दत गर्छ, जसले पेट दुख्ने, ग्यास र अपच जस्ता समस्याबाट राहत दिन्छ।
अनुसन्धानले देखाएको छ कि तेजपातमा पाइने तत्वहरूले शरीरमा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ, जुन मधुमेहका बिरामीहरूका लागि फाइदाजनक छ।
तेजपातमा एन्टी-इन्फ्लेमेटरी गुण हुन्छ, जसले जोर्नी दुख्ने, गठिया र मांसपेशी सुन्निने जस्ता समस्याहरूलाई कम गर्न मद्दत गर्छ।
तेजपातमा एन्टिब्याक्टेरियल र एन्टिफंगल गुण पाइन्छ, जसले शरीरलाई संक्रमणबाट बचाउन मद्दत गर्छ। वर्षाको समयमा संक्रमणको जोखिम धेरै बढी हुन्छ। यस्तो अवस्थामा, तेजपात धेरै उपयोगी साबित हुन सक्छ।
तेजपातमा यस्ता तत्वहरू हुन्छन् जसले तनाव र चिन्ता कम गर्न मद्दत गर्दछ। यसको अतिरिक्त, यो राम्रो निद्रा पाउन पनि उपयोगी हुन सक्छ।
माथि उल्लेखित फाइदाहरू १ वटा तेजपात पानीमा उमालेर पिउनाले प्राप्त गर्न सकिन्छ। नियमित र नियन्त्रित मात्रामा पिउँदा मात्र सकारात्मक प्रभाव देखिन्छ। तेजपात पानी पिउने सबैभन्दा राम्रो समय बिहान खाली पेट हो। एजेन्सीबाट