दिल्ली विधानसभा चुनाव : केजरीवाल र आम आदमी पार्टीकाे भविष्य तय हुँदै-Sutra News

दिल्ली विधानसभा चुनाव : केजरीवाल र आम आदमी पार्टीकाे भविष्य तय हुँदै

बुधबार, २३ माघ २०८१

बुधबार, २३ माघ २०८१

काठमाडाैं । दिल्ली विधानसभा चुनाव २०२५ काे आज मतदान हुँदैछ। १.५६ करोड मतदाताले मतदान गर्ने याे चुनावले ६९९ उम्मेदवारको राजनीतिक भाग्यको फैसला गर्नेछ ।



मतगणनापछि फेब्रुअरी ८ मा अर्को पाँच वर्ष दिल्लीमा कसले शासन गर्ने भन्ने निर्णय हुनेछ।

१३,०३३ मतदान केन्द्रहरूमा मतदान हुनेछ

यस विधानसभा चुनावमा, १ कराेड ५६ लाख १४ हजार मतदाताहरू दिल्लीको नयाँ सरकार चुन्न योग्य छन्। यीमध्ये ८३ लाख ७६ हजार १७३ पुरुष र ७२ लाख ३६ हजार ५६० महिला मतदाता छन्।

अन्य मतदाताको संख्या १ हजार २६७ छ। यस पटक कुल १३ हजार ०३३ मतदान केन्द्रमा मतदानको व्यवस्था गरिएको छ।

मतदान सकिएसँगै ६९९ उम्मेदवारको भाग्य ईभीएममा कैद हुनेछ। यी उम्मेदवारहरूमा ९६ महिला उम्मेदवारहरू पनि छन्।

नयाँ दिल्ली विधानसभा सिटमा उम्मेदवारहरूको अधिकतम संख्या २३ छ। नयाँ दिल्ली विधानसभा सिट यस चुनावको सबैभन्दा तातो सिट बनेको छ। यहाँबाट पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल आम आदमी पार्टीको टिकटमा चुनावी मैदानमा छन्।

उनको विरुद्धमा भाजपाले पूर्व मुख्यमन्त्री साहिब सिंह वर्माका छोरा प्रवेश साहिब सिंह वर्मालाई उम्मेदवार बनाएको छ भने कांग्रेसले पूर्व मुख्यमन्त्री शीला दीक्षितका छोरा सन्दीप दीक्षितलाई उम्मेदवार बनाएको छ।

त्यसैगरी, कस्तुरबा नगर र पटेल नगर सिटमा सबैभन्दा कम उम्मेदवारहरू छन्। यी दुई सिटमा पाँच-पाँच जना उम्मेदवारले भाग्य प्रयास गरिरहेका छन्।

यसपटककाे चुनावमा सबैको नजर कालकाजी सिटमा छ । मुख्यमन्त्री आतिशी यहाँबाट आम आदमी पार्टीको तर्फबाट चुनावी मैदानमा छिन्। उनको विरुद्धमा रमेश बिधुडी भाजपाको टिकटबाट र अलका लाम्बा कांग्रेसको टिकटबाट चुनावी मैदानमा छन्।

बिजवासन विधानसभा सिटमा पनि रोचक प्रतिस्पर्धा भइरहेको छ। यहाँबाट आम आदमी पार्टीका दुई पुराना विधायक अन्य दलको टिकटमा चुनावी मैदानमा छन्। केही महिना अघिसम्म आतिशी सरकारमा मन्त्री रहेका कैलाश गल्होट यहाँबाट भाजपाको टिकटमा चुनाव लडिरहेका छन्। कांग्रेसको टिकटमा चुनाव लडेका देवेन्द्र सेहरावतले २०१५ मा आपको टिकटमा बिजवासन सिटबाट जितेका थिए।

याे चुनाव यस अर्थमा पनि महत्वपूर्ण छ कि केजरीवालले लामाे समय मुद्दा प्रक्रिया खेपे भने उनकाे पार्टी आम आदमी पार्टीकाे लगातार प्रभाव देखिएकाे क्षेत्र दिल्ली नै हाे । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट