काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेको छ । नेप्से ३.६९ अंकले बढ्दै २७१९.५९ को बिन्दुमा उक्लिएको छ ।
एकल अंकले नेप्से बढ्दै गर्दा कारोबार रकम १ करोड ४७ लाख रुपैयाँमाथिको भयो । २७ हजार ५०९ कित्ता सेयर किनबेच हुँदा सो बराबरको कारोबार भएको थियो ।
यो सेसनमा कारोबारमा आएकामध्ये ३७ कम्पनीको मूल्य बढ्यो भने २३ कम्पनीको मूल्य घट्यो । ३ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
यसअघि लगातार बृद्धिका बिच साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार १४.०८ अंकले घटेको थियो । सँगै, कारोबार रकममा पनि गिरावट आएको थियो ।
यद्यपि, बुधबारको प्रिओपन सेसनमा करेक्सन सकिएको संकेत गरेको छ । प्रिओपन सेसनले बुधबार बजार बढ्ने संकेत गरेको छ ।