दोस्रो दिन पनि उच्च अंकले बढ्यो सुनको मूल्य-Sutra News

दोस्रो दिन पनि उच्च अंकले बढ्यो सुनको मूल्य

बुधबार, २३ माघ २०८१

बुधबार, २३ माघ २०८१

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) पनि सुनको मूल्यमा उच्च अंकको बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार मंगलबारको तुलनामा बुधबार प्रतितोला २२ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।



मूल्य बढेसँगै बुधबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा किनेबच भएको थियो ।

सोमबारको तुलनामा मंगलबार पनि सुन १ हजार ९ सय रुपैयाँले बढेको थियो ।

सुनको मूल्यमा उच्च बृद्धि भइरहँदा बुधबार चाँदीको मूल्य पनि उच्च अंकले बढेको छ । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ४५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

मूल्य बढेसँगै बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ९७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदीको मूल्य १ हजार ९३० रुपैयाँ थियो ।
आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश २८५४ डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट