अमेरिकाले गाजापट्टीको स्वामित्व लिने राष्ट्रपति ट्रम्पको उद्घोष-Sutra News

अमेरिकाले गाजापट्टीको स्वामित्व लिने राष्ट्रपति ट्रम्पको उद्घोष

बुधबार, २३ माघ २०८१

बुधबार, २३ माघ २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले गाजा पट्टीको स्वामित्व लिने र प्यालेस्टिनीहरूलाई अन्यत्र स्थानान्तरण गरेपछि यसको पुनर्विकास गर्ने बताएका छन् ।



ट्रम्पले भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको संयुक्त पत्रकार सम्मेलनमा पुनर्वास प्रक्रिया कसरी सञ्चालन गर्ने भन्नेबारे विवरण प्रदान नगरी उक्त टिप्पणी गरेका हुन् ।

उनले अमेरिकाले गाजापट्टी कब्जा गर्ने र पुनर्विकासको काम गर्ने पनि बताए । गाजापट्टी विश्वका मानिसहरूको घर बन्नसक्ने बताए । राष्ट्रपतिले इजरायल भ्रमण गर्ने र सम्भवतः गाजाको भ्रमण गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट