कांग्रेस नेता अजुर्ननरसिंह केसी भन्छन्– अध्यादेश हालकै अवस्था पारित हुन्न-Sutra News

कांग्रेस नेता अजुर्ननरसिंह केसी भन्छन्– अध्यादेश हालकै अवस्था पारित हुन्न

बुधबार, २३ माघ २०८१

बुधबार, २३ माघ २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले हालकै अवस्थामा सरकारले ल्याएका अध्यादेशहरु स्वीकार गर्न नसकिने बताएका छन् । सूत्र न्यूजसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।



कतिपय अध्यादेशका अन्तरवस्तु आपत्तिजनक रहेको भन्दै उनले परिमार्जन गरेर मात्रै पारित नगर्न सकिने बताए । “प्रक्रियागतरुपमै अध्यादेश आउनुमा त्रुटि छ, तर आइसकेपछि खुला हिसाबले छलफल गरेर अगाडि बढाउनुपर्छ”, केसीले भनेका छन्, “यसका अन्तरवस्तुलाई केलाउँदा कतिपय कुराहरु आपत्तिजनक छन्, मैंले प्रष्टरुपमा पनि भन्दै आएको छ, यो परिमार्जन गरेर मात्रै पारित हुनुपर्छ ।”

सरकारले फास्ट्र ट्रयाकबाट पारित गर्न खोज्नु सही नभएको उनको भनाई छ । उनले सबै अध्यादेशमा सबैका सहमति खोजिनुपर्ने बताए ।

“सरकारले फास्ट्र ट्रयाकबाट पारित गर्ने कुरा गलत छ, यसलाई विधिगत प्रक्रियामा लान र संशोधन गर्न सरकार तयार हुनुपर्छ”, केसीले भनेका छन्, “साझा सरोकारका विषयमा एकल ढंगले अगाडि जान सम्भव देखिन्न ।”

अध्यादेश पारित हुने वा नहुने भन्ने विषयमा स्वयम् सरकारको भूमिका जिम्मेवार हुने केसीको भनाई छ । केसीका अनुसार अहिले नै अध्यादेश पारित हुन्छ वा हुन्न भन्नु सही होइन ।

सम्बन्धित समाचार

अध्यादेशमा नसघाउने जसपा संकेत, गठबन्धनको विकल्प के ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट