कता जान खोज्दैछ सेयर बजार ?-Sutra News

कता जान खोज्दैछ सेयर बजार ?

बुधबार, २३ माघ २०८१

बुधबार, २३ माघ २०८१

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) सेयर बजार परिसूचक (नेप्से)मा सामान्य गिरावट आएको छ । बुधबार ४.४५ अंकले घट्दै नेप्से २७११.४५ को बिन्दुमा ओर्लिएको छ ।



यसअघि मंगलबार नेप्सेमा १४.०८ अंकको गिरावट आएको थियो । जसको तुलनामा बुधबार नेप्सेको गिरावट तह घटेको छ ।

सँगै, कारोबार रकम पनि बढेको छ । बुधबार १ करोड ९१ लाख ८१ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बराबरको भयो । जुन मंगलबारको तुलनामा ४ करोडले बढी हो ।

आज कारोबारमा आएका १२२ कम्पनीको मूल्य घट्दा ११३ कम्पनीको मूल्य बढ्यो । ७ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

आज तीन कम्पनीको मूल्य १० प्रतिशत हाराहारीले बृद्धि हुँदा २ कम्पनीको मूल्य १० प्रतिशत हाराहारीले नै घट्यो ।

नेप्से लगातार तीन कारोबार दिन बढेको थियो । जसका बिच नेप्सेमा गिरावट आएको हो । लगानीकर्ताहरुले मंगलबार र बुधबारको गिरावटलाई करेक्सनको रुपमा लिएका छन् । सँगै, बुधबारको गिरावटले नेप्सेमा करेक्सनको तह घटेको पनि टिप्पणी गरेका छन् ।

लगानीकर्ता तथा बजार विश्लेषक ऋतुजंग जिसीका अनुसार बुधबारको गिरावटको तहले बजारका करेक्सनको तह सकिएको बताउँछन् । उनका अनुसार बिहीबारदेखि बजार बढ्ने सम्भावना अधिक छ ।

“तीन दिनकै बिचमा झण्डै ९० अंकले बजार बढ्यो, जसकारण केही लगानीकर्ताले नाफा बुक गर्न खोजे, जुन स्वभाविक हो”, जिसी भन्छन्, “नाफा बुक गर्दा करेक्सन आयो, यद्यपि त्यो करेक्सनको तह सकिएको देखिन्छ । अबका दिनमा बजार बढ्नसक्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट