![fc2bc1cb-b7e7-4050-bc73-db829677793d](https://www.sutranews.com/wp-content/uploads/2025/02/fc2bc1cb-b7e7-4050-bc73-db829677793d.jpg)
![राहदानी छपाइमा बढ्दो त्रुटि, किन मौन रहन्छ विभाग ?](https://www.sutranews.com/wp-content/uploads/2025/02/fc2bc1cb-b7e7-4050-bc73-db829677793d.jpg)
काठमाडौं । दैनिक जसो अत्याधिक सेवाग्राहीको भिड लाग्ने कार्यालय मध्ये राहदानी विभागको कार्यालय एक हो । विद्यार्थीदेखि श्रमिकसम्म विदेशिनेको संख्या दिनप्रति दिन बढ्दै जादाँ राहदानी बनाउनेको संख्या पनि सोहि अनुपातमा बढ्नु स्वभाविक हो ।
दैनिक हजारौं संख्यामा नेपालीहरु श्रम गर्न विदेश जाने गरेका छन् । राहदानी विदेश जानको लागि राज्यले प्रदान गर्ने औपचारिक पहिचान पत्र हो । जुनबिना तेस्रो मुलुकमा प्रवेश अनुमतिसमेत पाइदैन । जसमा भ्रमण, अध्ययन वा श्रम गर्न भिसादेखि श्रम स्वीकृतिका सबै प्रकृया राहदानीकै माध्यमबाट सम्पन्न हुन्छ।
राहदानी बनाउने क्रममा विभागबाट चरम लापरबाही हुने गरेको घटना पटकपटक बाहिर आउने गरेको छ । सामान्यतया राहदानीको समयावधि १० वर्ष हुने गर्दछ । तर विभागले जारी गरेको एक राहदानीमा त्यसो नभई दुई वर्षको समयावधि राखिएको पाइएको छ । अंग्रेजी मिति अनुसार ०२/०२/२०२५ जारी मिति रहेको एक राहदानीको म्याद सकिने मिति ०१/०२/२०२७ भएको पाइएको छ । जबकी म्याद सकिने मिति ०१/०२/२०३५ हुनुपर्ने हुन्छ । यसोमा विभागका कर्मचारीहरुले प्राविधिक त्रुटि भन्ने गरेता पनि कतिपयमा मानविय त्रुटि पनि हो भन्दा फरक नपर्ने देखिन्छ ।
विभागले जारी गर्दै आएको राहदानीलाई लिएर सेवाग्राहीको गुनासो ज्यादै रहने गरेको पाइन्छ । समयावधि कम राखिएको एउटा प्रतिनिधिमुलक घटना हो । तर राहदानीमा पुरुषको फोटोसहितको विवरण पठाउँदा समेत महिलाको फोटो आउनेसम्मको गम्भिर त्रुटि हुने गरेको छ । कर्मचारी सचेत र जिम्मेवार नबन्दा यस्ता घटनाहरुका कारण सेवाग्राही मारमा पर्ने गरेका छन् ।
![](https://www.sutranews.com/wp-content/uploads/2025/02/9b61e8f5-1d73-432f-bc4f-ce281fd1ab0f.jpg)
विभागप्रति अहिले आम प्रश्नको रुपमा गल्ति कम्प्युटरले गर्छ कि मान्छेले ? भन्ने रहेको छ । मानिसले जे सन्देश कम्युटरमा राख्यो त्यस्ले त्यही संदेशलाई सुरक्षित गर्ने हो तर हिजोआज विभागमा त्यसो नभएर गलत विवरण छापिने क्रम बढ्दै गएको छ । जसबाट आम सेवाग्राही समस्यामा परिरहेका छन।
पाँच हजार रुपैयाँ तिरेपछि ३४ पेजको राहदानी १५/२० दिनमा निवेदकले प्राप्त गर्छ भने १० हजार तिरेपछि ६४ पृष्ठ भएको राहदानी उपलब्ध हुन्छ। १२ हजार रुपैयाँ तिरेपछि द्रुत रूपमा (३-५) दिनमा निवेदकले राहदानी प्राप्त गर्न सकिने व्यवस्था छ जसमा ३४ पृष्ठ मात्रै हुन्छ ।
नेपाली नागरिकसंग विभागले पृष्ठ अनुसारको पैसा असुलिरहेको छ। राज्यले स्वयं राहदानीको व्यापार गरिरहेको छ । किनकि धेरै पैसा धेरै पेज थोरै पैसा थोरै पेज। राज्यले दिने यो सेवामा असमानता त छदैछ तर कतिपय अवस्थामा संघीय राजधानी भन्दा बाहिरी जिल्लामा स्थायी ठेगाना भएका नेपालीले विभागबाट राहदानी बनाउदा पनि १२ हजार रुपैयाँ लिइन्छ।
कसैलाई पनि बढी पैसा तिरेर राहदानी लिने इच्छा हुँदैन तर जो लिन बाध्य हुन्छन उसबाट राज्यले बढी पैसा असुलिरहेको छ। संघीय राजधानीबाट पासपोर्ट लिँदा चाहिँ किन बढी पैसा असुलेको भनेर प्रश्न राख्दा त्यस्को चित्तबुझ्दो जवाफ विभागको छैन ।
बाहिर जिल्लाबाट निवेदन दिँदा पनि आखिर केन्द्रबाट नै छापिएर त्यहाँ जाने हो । सम्बन्धित जिल्लाबाट निवेदन दिएर राहदानी लिँदा राहदानीमा धेरै गल्तिहरु भएका उदाहरण छन। कसैको जन्म मिति गल्ति, कसैको फोटो मै गल्ति । यतिसम्म पाइएको छ कि महिलाको राहदानीमा पुरुषको फोटो र पुरुषको राहदानीमा महिलाको फोटो छापिएर समेत गएका छन। जन्म मिति, राहदानीको समयावधि, बाबुआमाको नाम, ठेगाना गल्ति छापिएर जानुत सामान्य भएको छ। गल्ति सूचना छापिएर गएको राहदानी पुनः सच्याउन सेवाग्राहीले त्यति नै झन्झट बेहोरी रहेका छन।
केन्द्रमै बनाइएका पासपोर्टमा किन बारम्बार गल्ति दोहोरिन्छ ?
अहिले राहदानीको फर्म अनलाइनबाट भरिन्छ। राहदानीको फर्म भरेको तीन सय देखि पाच सय सम्म असुल्छन साइबरवालाहरुले। पैसा लिएपछि डकुमेन्ट भेरिफिकेसन हुन्छ। पटकपटक सम्बन्धित व्यक्तिसंग डकुमेन्ट भिडाएर हुबहु रुजु गराएर मात्रै अनलाइन गराइन्छ र सम्बन्धित जिल्ला प्रशासन कार्यलयको राहदानी शाखामा गएर पुनः रुजुगरेपछी मात्रै अनलाइनबाटै फोटो खिचिन्छ, फिङ्गर स्क्यान गरिन्छ। यति हुँदाहुँदै पनि सम्बन्धित व्यक्तिको हातमा राहदानी छापिएर पुग्दा कहिले जन्ममिती गलत, कहिले बाबुआमाको नाम गलत, कहिले ठेगान गलत, कहिले राहदानीको म्याद दस बर्ष हुनुपर्नेमा दुई बर्ष भएर छापिने गर्दछ । यो गल्ती कस्को हो ? राहदानी विभागको हो या सम्बन्धित ब्यक्तिको हो ? जबकी सबै सूचना भेरिफिकेसन गरेर सहि नभएसम्म औंलाको छाप स्क्यान र फोटो खिच्ने काम हुँदैन ।
सुधार गर्नुपर्ने क्षेत्र :
राहदानी बाहकले भरेको अनलाइन फारम पटक पटक रुजु गरेपछि मात्रै फोटो खिच्ने र फिङ्गर स्क्यान गर्न काम गरिन्छ भने त्यहाँ सेवाग्राहीको कारण पासपोर्टमा गलत सूचना छापिएको भन्न सकिने आधार नै हुँदैन ।
जुन सूचना एकीकृत भएर राहदानी छापिने बेलामा त्यो सूचना कसरी एक्कासि परिवर्तन हुन्छ ? र गलत प्रीन्ट हुन्छ ।
राहदानी विभाग त्रीपुरेश्वरमा केही सेवाग्राहीलाई सोधपुछ गर्दा गल्ति विवरण छापिएर आएको कारण आफ्नो बिदेश यात्रामा नै बाधा परेको र झन्झटिलो बनाइदिएको गुनासो ब्यक्त गरे।
फर्म भर्दा आफुले सहि सूचना लेखेको तर पासपोर्ट छापिएर आउँदा आफुले दिएको सूचनामा नै फरक भएर आएको पाइएको गुनासो सेवाग्राहीहरुको छ ।