काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सानदार म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । बिहीबार बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार घाइतेमध्ये केहीकाे अवस्था गम्भीर छ भने केही सामान्य छन् । घाइतेहरुलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको उनले जनाए ।
प्रहरीले जनाएअनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइते हुनेहरुमध्ये अधिकांश सोही पसलका कामदार रहेको उनले बताए ।
सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ ।