प्रतिनिधि सभाकाे बैठकलाई प्रचण्डले सम्बोधन गर्ने-Sutra News

प्रतिनिधि सभाकाे बैठकलाई प्रचण्डले सम्बोधन गर्ने

बिहिबार, २४ माघ २०८१

बिहिबार, २४ माघ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाकाे बैठकलाई सम्बोधन गर्ने भएका छन् ।



माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएअनुसार प्रचण्डले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्न लागेका हुन् ।

हिउँदे अधिवेशनको पहिलो बैठकमा नबाेलेका प्रचण्डले दोस्रो बैठकमा सम्बोधन गर्न लागेका हुन् । पहिलाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए ।

प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा सरकारले जारी गरेका ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट