काठमाडौैं । माघ २५ गते भोली शुक्रबारदेखि प्रदर्शनमा आउने सिनेमा ‘ममी’को रेडकार्पेट प्रिमियर शो सम्पन्न गरिएको छ । बुधबार साँझ क्यूएफएक्सको सिभिल हलमा अभिनेत्रीद्धय प्रियंका कार्की, दीया मास्के र अभिनेता सुलक्षण भारती स्टारर सिनेमा ‘ममी’को प्रिमियर गरिएको हो ।
सिनेमाको प्रिमियर शोमा प्रियंका र दीयासहित फिल्मका ‘कास्ट एन्ड क्रिउ’को सहभागि रहेको थियो । यस्तै, सिनेमा हेर्न अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाला, निर्माता छविराज ओझा, अभिनेत्री केकी अधिकारी, अभिनेता सलिनमान बनियाँ, सलोन बस्नेतदेखि पूर्वमिस नेपाल तथा अभिनेत्री नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल जेनिशा मोक्तानसम्म पुगेका थिए ।
फ्यामिली हरर जनरामा निर्माण भएको यो सिनेमा टिजर र ट्रेलर रिलिजदेखि नै चर्चामा छ । सिनेमाको प्रिमियर समारोहमा आकाशे नीलो पोशाकमा रगत लतपतिएको पहिरन किशोरीहरूले प्रस्तुत गरेका थिए । अभिनेत्री मास्के पोतेसहित सेतोकालो पहिरनमा प्रस्तुत थिइन् । प्रियंका भने कालो स्लिभलेस पहिरनमा उपस्थित थिइन् । प्रियंकासँगै उनकी आमा पनि प्रिमियर शोमा उपस्थित थिइन् ।
अभिनेत्री तथा निर्देशक दीपात्री निरौलाले प्रिमियर शोपछि मिडियासँग प्रतिक्रिया दिँदै विषय वस्तु अनुसार उत्कृष्ट सिनेमा बनेको बताइन् । धेरैपछि नेपालमा एउटा उत्कृष्ट फ्यामिली हरर सिनेमा हेर्न पाएकाले सुन्तुष्टी मिलेको भन्दै सवै दर्शकलाई ढुक्क भएर टिकट काटेर सिनेमा हेर्न अनुरोध गरिन् । यता अभिनेत्री केकी अधिकारीले पनि सिनेमा राम्रो बनेको भन्दै समर निरौला जस्ता नयाँ निर्माता तथा निर्देशकलाई नेपाली सिनेमा क्षेत्रमा स्वागत गर्नुपर्ने बताइन् ।
अभिनेता सलोन बस्नेतले पनि सिनेमा राम्रो बनेकाले सवैलाई सिनेमा हर्न आग्रह गरे । उनीसँगै प्रिमियरमा सहभागी अभिनेत्री तथा पूर्वमिस नेपाल नम्रता श्रेष्ठले पनि ‘ममी’ले तर्साउन र समाजमा घट्ने यस्ता घटनाको बारेमा सजग हुने सचेत गराएको बताइन् । यता अर्का अभिनेता सलिनमान बनियाँले पनि सिनेमाले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका थिए । आफुले नेपालमा उत्कृष्ट हरर सिनेमा हेर्न पाएको भन्दै खुशी व्यक्त गरे ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । समर डेब्यू निर्देशक हुन् । सिनेमाको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।
सिनेमाको छायांकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्धन्द्व निर्देशन, रंग संमयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् ।
सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।