राष्ट्रियसभामा दुई विधेयक पेस-Sutra News

राष्ट्रियसभामा दुई विधेयक पेस

बिहिबार, २४ माघ २०८१

बिहिबार, २४ माघ २०८१

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । आज बसेको बैठकमा ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ पेस भएको हो ।



भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज विधेयक, २०८१ सभासमक्ष पेस गरे भने शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१ पेस गरिन् ।

आजको बैठकमा सरकारले ल्याएको विभिन्न ६ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची थियो । तर, राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी रहेको भन्दै अध्यादेश निर्णयार्थ पेस भएन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट