काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूले बोल्ने समयमा प्रधानमन्त्री अनुपस्थित नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधि सभा बैठकमा विपक्षी दलको नेताको हैसियतमा संसदमा संवोधन गर्दै प्रचण्डले सुरुमै ओलीलाई खोजेका हुन् ।
उनले सम्बोधनको क्रममा प्रधानमन्त्रीले सम्बोधन गर्दा आफूले सुनेर बसेको र उनले दिएको सम्बोधनको एक प्रति दुई पटकसम्म पढेको सुनाए । उनले भने, तर आज आफूले बोल्दा प्रधानमन्त्री आउनु भएन ।