फेरि २७ सयबाट तल ओर्लियो सेयर बजार-Sutra News

फेरि २७ सयबाट तल ओर्लियो सेयर बजार

बिहिबार, २४ माघ २०८१

बिहिबार, २४ माघ २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजार परिसूचक (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार ११.६४ अंकले घट्दै बजार २६९९.८१ को बिन्दुमा ओर्लिएको छ ।



फाइनान्स समूह १.५८ प्रतिशतले बढ्दा बाँकी सबै समूह राताम्मे बने । घटेकामध्ये सबैभन्दा बढी विकास बैंकको सूचक १.५३ प्रतिशतले घट्यो ।

आज कारोबारमा आएका १६० कम्पनीको मूल्य घट्दा ७४ कम्पनीको मूल्य बढ्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

उपर लोहोरी खोला हाइड्राको मूल्यमा १० प्रतिशतले बृद्धि हुँदा आज उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्यमा १० प्रतिशतले नै गिरावट आयो ।

बिहीबार सूचक घटेपनि कारोबार रकम भने बढेको छ । १ करोड ८६ लाख ८० हजार कित्ता सेयर किनेबच हुँदा कारोबार रकम ९ अर्ब २४ करोड ७३ लाख रुपैयाँ बराबरको भयो । जुन यसअघिका दुई कारोबार दिनको भन्दा उच्च हो ।

सेयर बजारमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्लो तीन कारोबार दिनको बृद्धिले बजारमा साइडवेजको ट्रेण्ड ब्रेक भएको संकेत गरेको थियो, यद्यपि पुनः लगातारको ओरालो यात्राले बजारले पुरानै ट्रेण्डलाई समातेको देखाउँछ । यसले लगानीकर्ता उत्साहको अवस्था सिर्जना गराएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट