आफ्नै सामर्थ्यमा सरकार बनाउने प्रचण्डको उद्घोष-Sutra News

आफ्नै सामर्थ्यमा सरकार बनाउने प्रचण्डको उद्घोष

बिहिबार, २४ माघ २०८१

बिहिबार, २४ माघ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब माओवादीले आफ्नै सामर्थ्यमा सरकार बनाउने उद्घोष गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘वर्तमान सरकार ढाल्न आफूहरु नलागेको तर सरकार त बनाउँछौँ आफ्नै सामर्थ्य र खुट्टामा उभिएर मात्र बनाउँछौँ ।’



सम्बोधनका क्रममा उनले हामि कांग्रेस एमालेसंग हुँदा लागेको धुलो टकटकाएर जनतामा फर्किसकेको समेत बताएका छन् ।

उनले भने, ‘अहिले त बोलेकै आधारमा नागरिकलाई हत्कडीमा जिल्ला घुमाइरहेको सरकारले पारित भएपछि के गर्ला ? गम्भिर प्रश्न खडा भएको छ ।’

पाथीभरा केबलकार निर्माणको विषयमा सरकारले बल प्रयोग गरेको उनले आरोप लगाए । संवादबाट समस्या समाधान गर्नुको सट्टा दमन गरेको प्रचण्डको जिकिर छ ।

सामाजिक सञ्जालदेखि सरकार डराएको आरोप उनले लगाएका छन् । सरकारले गरेको कामबाट जनताको मन दुखेको मात्र छ कुनै राहत मिल्ने काम गर्न नसकेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट