बिना धितो क्यामरा खरिदका लागि ग्लोबल आइएमई बैंक र एनएफपिजेबिच सम्झौता-Sutra News

बिना धितो क्यामरा खरिदका लागि ग्लोबल आइएमई बैंक र एनएफपिजेबिच सम्झौता

बिहिबार, २४ माघ २०८१

बिहिबार, २४ माघ २०८१

काठमाडौं । राष्ट्रिय फोटोपत्रकार समूह नेपालमा आवद्ध भएका देशैभरिका सदस्यहरुले ग्लोबल आइएमई बैंक लिमिटेडको सहयोगमा क्यामारा खरिदको लागि विना धितो ऋण पाउने भएका छन । आज एक कार्यक्रमका विच बैकका हेड ट्रान्जेक्सन प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त विच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । क्यामरा खरिदको लागि रु २ लाख देखि ५ लाख सम्म ऋण दिने गरी समझदारी भएको हो ।



बैकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न सजिलो किस्ता योजनामा सुविधा उपलब्ध गराउन लागेको हो । ऋण लिनका लागि आवश्यक कागजातहरू नागरिकता, तलब प्रमाणपत्र रआय कागजात, बैंक स्टेटमेन्ट, फोटो र आवेदन फारम संकलन गरी बैंकलाई एनएफपिजे मार्फत समन्वय र सहजीकरण गरिने छ ।

६ महिना देखि १८ महिना सम्म सरल किस्तावन्दीमा न्यूरोड स्थित जि एण्ड डी सप्लार्यसवाट फोटोपत्रकारले क्यामरा खरिद गर्न पाउने भएको हो । क्यामरा खरिदको लागि विना धितो सुन्य व्याजदरमा बैंकले फोटोपत्रकारलाई उक्त ऋण उपलव्ध गराउने भएको हो । उक्त हस्ताक्षर कार्यक्रममा बैकको तर्फवाट रमित कर्मचार्य र एनएपपिजेको तर्फवाट महासचिव घनस्याम श्रेष्ठ रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट