काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला प्रहरीको हिरासतबाट मुक्त भएका छन् । साहारा चितवन सहकारीको ठगी प्रकरणमा जिल्ला अदालत चितवनले मागेको ५४ लाख धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् ।
रविले अदालतबाट निस्किँदै सम्मानित अदालतले न्याय दिन्छ भन्नेमा विश्वास रहेको बताए । यो परिवर्तनको प्रसवपिडा भएको उनको भनाइ छ । उनको बुधबारदेखि बयान र थुनछेक बहस भएको थियो ।
यसअघि रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा छुटेका थिए ।