त्रिकोणात्मक सिरिज : आज थाइल्याण्डसँग अन्तिम खेल खेल्दै नेपाल-Sutra News

त्रिकोणात्मक सिरिज : आज थाइल्याण्डसँग अन्तिम खेल खेल्दै नेपाल

शुक्रबार, २५ माघ २०८१

शुक्रबार, २५ माघ २०८१

काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय महिला टी–२० आई शृंखलाको अन्तिम खेलमा नेपालले आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।



खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेदेखि सुरू हुँदैछ । शृंखलाकै अन्तिम खेलको रूपमा रहेको यस खेलपछि उपाधि विजेताको टुंगो लाग्नेछ । हालसम्म जितविहीन रहेको नेपाल उपाधि होडबाट बाहिरिसकेको छ ।

थाइल्याण्ड र नेदरल्याण्ड्स समान ४–४ जितसहित उपाधि होडमा छन् । आज थाइल्याण्डले नेपाललाई हराएमा थाइल्याण्डले उपाधि जित्नेछ ।

यता नेपाल भने थाइल्याण्डलाई हराउँदै सान्त्वना जित निकाल्ने लक्ष्यमा हुनेछ । फराकिलो जित निकालेमा नेदरल्याण्ड्सको पनि उपाधि जित्ने सम्भावना रहन्छ ।

फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट