‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनको सय दिनमा प्रवेश, कति गर्यो ग्रसकलेक्सन ?-Sutra News

‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनको सय दिनमा प्रवेश, कति गर्यो ग्रसकलेक्सन ?

शुक्रबार, २५ माघ २०८१

शुक्रबार, २५ माघ २०८१

काठमाडौं । दर्शकले सर्वाधिक रुचाएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ आजबाट प्रदर्शनको सय दिनमा प्रवेश गरेको छ । कात्तिक १५ गते रिलिज भएको चलचित्र आजबाट प्रदर्शनको एक सय दिनमा प्रवेश गरेको हो ।



‘पूर्ण बहादुरको सारङ्गी’ सबैभन्दा धेरै हलमा एक सय दिन प्रदर्शन हुने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले सबैभन्दा धेरै हलमा एक सय दिन प्रदर्शन भएर ‘पूर्ण बहादुरको सारङ्गी’ले नयाँ रेकर्ड बनाएको दाबी गरेका छन् ।

काठमाडौंको सामाखुसी, रञ्जना, राइजिङ महल, बनेपा, बुटवल र धरानको हलमा एक सय दिन मनाएको हो । यसैबीच, प्रदर्शनको सय दिन पुगेको अवसरमा निर्माणपक्षले दर्शकलाई एक सय रुपैयाँमा टिकट उपलब्ध गराएको निर्माता पौडेलले जानकारी दिए ।

‘पूर्ण बहादुरको सारङ्गी’ चलचित्र ‘जारी’पछि सय दिन मनाउने पहिलो चलचित्र हो । दुई वर्षअगाडि ‘जारी’ र ‘दिमाग खराब’ले पनि सय दिन मनाएका थिए । ‘जारी’ले पाँच वर्षपछि सय दिन प्रदर्शन हुने चलचित्रको रेकर्ड बनाएको थियो ।

एक करोड ३० लाखमा बनेको चलचित्रले नेपालभित्र र बाहिर गरेर पौने एक अर्बभन्दा माथि ग्रसकलेक्सन गरेको छ । सरोज पौडेलको निर्देशन रहेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् ।

महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा विनोद पौडेल, प्याट्रिक सुवेदी निर्माता हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट