क्यालिफोर्निया । अमेरिकी सरकार परिवर्तन भएसगै अमेरिकामा धेरै नीति नियम पनि परिवर्तन भएको छ । अहिलेको सरकारले परिवर्तन गरेको नियमले विशेषत आप्रवासी लक्षित रहेको छ, जसको कारण नेपाली विद्यार्थीमा ठुलो असर परेको देखिन्छ ।
कलिलो उमेरमा आमाको काख चटक्क छोडेर अमेरिकाको सपना देखेर पढ्न आएकाहरु यति बेला धेरै तनाबमा छ्न । छोराछोरी अमेरिका पुगे भने समाजमा छुट्टै इज्जत हुन्छ भन्ने गलत मानसिकताले गर्दा आमाबाबा पनि ऋण गरेरै भएपनि अमेरिका पठाउछन । आफ्नो सन्तान विदेश गएर एक्लै बाच्न सक्ने नहुँदै अरुको देखासिकी गरेर अमेरिका पढ्न पठाइएका विद्यार्थी अहिले ट्रम्प सरकारको निशानामा परेका छन ।
प्रायस् नेपालबाट अमेरिकामा पढ्न भनेर आएका बिद्यार्थीहरु छात्रवृत्ति या सस्तो कलेज जहाँ पाउँछ त्यहा आउँछन । सहरका भन्दा गाउँका कलेजमा खर्च थोरै हुने भएकाले धेरै विद्यार्थी अमेरिका हो जहाँ जस्तो सुकै भए पनि विद्यार्थी भिसा लगाएर आएका हुन्छ्न । जतिबेलासम्म भिसा लाग्दैन त्यती बेलासम्म अमेरिकाको भिसा लाग्यो भने ठुलो सपना साकार भएको सोचेकाहरु जब अनकन्टार गाउँ पुग्छन् तब छाँगाबाट खसेको झै हुन्छन ।
सपनाको देश अमेरिकाको एउटा सानो सहरमा कहिले नचिनेको, कहिले नदेखेको साथीबाट सुरु हुन्छ सबैको विद्यार्थी नयाँ जीवन । नेपालमा हुँदा आमाले पकाएको तातो भात खाएर बिताएका कलेजका दिनहरु अब एकहप्ताको लागि एकै दिन भात पकाएर फ्रीजमा राखेर भए दाल तरकारि नभए भुटी भात खाएर जानुपर्छ । पहिला जत्ती सजिलो र शान दिएर अमेरिकामा छु, कमाउँदै पढ्दै छु भनिन्थ्यो त्यो अवस्था अहिले बिद्यार्थीहरुमा छैन ।
अब बिस्तारै कठिन दिन सुरु हुन थालेको छ । सस्ता कलेजहरु प्राय सहरबाट धेरै टाढा र जनसंख्या थोरै भएको स्टेटमा स्थापित हुने भएकाले विद्यार्थीहरुलाइ कामको अवसर मिलेको हुदैन र कलेज छुट्टी भएको बेला अलि ठुलो शहरमा गएर सकेसम्म धेरै घन्टा काम गर्नुपर्ने अवस्था छ। नयाँ सरकारी नीति अनुसार अब कलेजले दिएको काम भन्दा बाहिर काम गरेको भेटिएमा सिधै नेपाल डिपोर्ट गर्दिन्छ।
अहिलेको अमेरिकी सरकारले कलेजका विद्यार्थी या अरु आप्रवासी जो कोहिलाइ पनि कामको अवसरमा निगरानी गरिरहेको छ । सरकारी कर छलेर काम गर्न पाइदैन । नेपाली विद्यार्थीहरु धेरै जसो नेपालीहरुले संचालन गरेको ग्रोसरि स्टोर , ग्यास स्टेशन, होटेल, रेस्टुरेन्टहरुमा काम गर्छन । थोरै तलब दिदा हुन्छ नेपालीलाई भनेर नेपालिले काम पनि दिन्छन् ।
दिनमा जती धेरै घण्टा काम गर्न सक्यो त्यती पैसा हुने भएकाले विद्यार्थीको पहिलो रोजाइ ग्यास स्टेशन भएको छ । जुन समयमा काम पाइन्छ त्यहि समयमा नै गर्नु पर्ने हुन्छ । जोखिम हुन्छ काममा । पैसा लुट्छ्न । बन्दुक तेर्साउछ्न । छुरी हान्छ्न र पनि ज्यानको बाजी राखेर काम गर्छन ।
ट्रम्प सरकारले अहिले सरकारको नियम पालना नगरि जो कोहीलाई काम गराएमा हर्जना तिराउनेदेखि लिएर देश निकालासम्म गर्न सक्छ भनेर विद्यार्थीहरुले काम गर्न पाएका छैनन् ।
विद्यार्थीलाई कलेजले तोकेको समयसम्म मात्र काम गरेर बाच्न गाह्रो छ । नेपालबाट पैसा पठाएर अमेरिकामा पढाउनु पनि अब सम्भव छैन। अमेरिका आफै भित्रभित्र आर्थिक रूपमा कति कम्जोर भैसकेको रहेछ भन्ने कुरा अहिलेको घटनाक्रमले देखाइरहेको छ। अब अमेरिका विद्यावारिधी गर्न त्यो पनि छात्रवृत्ति पाएर आउँदासम्म ठिक हो र अब यहाँ आएर शैक्षिक डिग्री र पैसा दुवै कुरा मिल्छ भन्ने सपना देख्न बिर्सिदा हुन्छ।