विमान दुर्घटना हुँदा दुई पाइलटसहित ७ जनाको मृत्यु-Sutra News

विमान दुर्घटना हुँदा दुई पाइलटसहित ७ जनाको मृत्यु

शुक्रबार, २५ माघ २०८१

शुक्रबार, २५ माघ २०८१

काठमाडौं । मस्को र फिलिपिन्समा एकैदिन दुई विमान दुर्घटना हुँदा दुई पाइलटसहित ७ जनाको मृत्यु भएको छ ।



बिहीबार दिउँसो दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ डेल सुर प्रान्तमा एउटा निजी विमान दुर्घटनाग्रस्त हुँदा तीन विदेशीसहित चार जनाको मृत्यु भएको हो । प्रहरीले दुर्घटना स्थानीय समयअनुसार बिहीवार दिउँसो २ बजे अम्पाटुआन शहरमा भएको बताएको छ ।

फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाको पुष्टि गरेतापनि विवरण भने दिएको छैन । फिलिपिन्स समाचार एजेन्सीले विमान बीच किंग एयर ३५० भएको र दुई पुरुषसहित चार जनाको शव गाउँलेहरूले निकालेको बताएको छ ।

त्यस्तै मस्कोको रामेन्सकोये जिल्लामा विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार विमान बिहीवार दिउँसो म्याचकोभो एयरफिल्ड नजिकै दुर्घटनाग्रस्त भएको हो ।

मस्को अन्तरक्षेत्रीय यातायात अभियोजकको कार्यालयले विज्ञप्तिमार्फत विमान खेतमा दुर्घटनाग्रस्त भएको र दुई पाइलटको मृत्यु भएको जानकारी दिएको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट