त्रिकोणात्मक सिरिज : थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल-Sutra News

त्रिकोणात्मक सिरिज : थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

शुक्रबार, २५ माघ २०८१

शुक्रबार, २५ माघ २०८१

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम खेलमा नेपाली महिला टोलीले थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो।



नेपालले यसअघि खेलेका ५ वटै खेलमा पराजित भएको छ। थाइल्यान्डले ४ खेलमा जित र एक खेलमा पराजित भएको छ। नेपाल उपाधि होडबाट बाहिरिँदा थाइल्यान्ड सबैभन्दा बलियो देखिएको छ।

नेपाल नेदरल्यान्ड्ससँग तीनै खेलमा पराजित हुँदा थाइल्यान्डसँग दुई खेलमा पराजित भएको हो। यसअघि नेपाल पहिलो खेलमा ४ विकेटले र दोस्रो खेलमा ५ रनले पराजित भएको छ। नेपाललाई आजको जितले सान्त्वना मात्रै हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट