![u19 mahilaa](https://www.sutranews.com/wp-content/uploads/2024/12/u19-mahilaa-e1737528685156.jpg)
![त्रिकोणात्मक सिरिज : नेपाल जितविहीन, थाइल्यान्डलाई उपाधि](https://www.sutranews.com/wp-content/uploads/2024/12/u19-mahilaa-e1737528685156.jpg)
काठमाडौं । घरेलु मैदानमा आयोजित त्रिकोणात्मक महिला टी-२० शृङ्खलामा नेपाल जितविहीन बनेको छ । अन्तिम खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै थाइल्यान्डले उपाधि कब्जा गरेको हो ।
थाइल्यान्ड र थाईल्यान्ड्स ४ जितसहित ८ अंकको अवस्थामा थिए । आजको जितसँगै थाइल्यान्डले १० अंक पुर्याएको छ । ६ वटै म्याच हारेको नेपालले एक अंक पनि जोड्न सकेन ।
आजको खेल थाइल्यान्डले एकतर्फीरूपमा जित्यो । नेपालका कुनै पनि ब्याटरले थाइल्यान्डको बलिङको प्रतिरोध गर्न सकेनन् । ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । कप्तान इन्दु बर्माले १० र कविता जोशीले १ छक्कासहित १४ रन जोडे । डेब्यू गर्ल राजमती ऐरी १४ बलमा ११ रन जोडेर अविजित रहिन् ।
बलिङतर्फ नेपालकी कप्तान इन्दुले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् भने पूजा महतोले २ ओभरमा ११ रन खर्चेर १ विकेट हात पारिन् । अन्य बलरहरु विकेटविहीन बने ।