यस्तो छ जसपा नेपालको केन्द्रीय समिति बैठकको एजेण्डा-Sutra News

यस्तो छ जसपा नेपालको केन्द्रीय समिति बैठकको एजेण्डा

शनिबार, २६ माघ २०८१

शनिबार, २६ माघ २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेको छ । आगामी फागुन १९, २० र २१ गते काठमाण्डौमा बस्ने गरी आह्वान गरिएको पार्टीको बैठकका एजेण्डा तय गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।



बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ । बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट