![wod nepal winner](https://www.sutranews.com/wp-content/uploads/2025/02/wod-nepal-winner-e1738991793975.jpg)
![‘वर्ल्ड अफ डान्स नेपाल’को ग्राण्ड फिनाले सम्पन्न](https://www.sutranews.com/wp-content/uploads/2025/02/wod-nepal-winner-e1738991793975.jpg)
काठमाडौं । विश्वप्रसिद्ध अमेरिकी फ्रेन्चाइज वल्र्ड अफ डान्सको नेपाल फ्रेन्चाइज सम्पन्न भएको छ । ‘वर्ल्ड अफ डान्स नेपाल’को बिहीबार आयोजीत ग्राण्ड फिनालेबाट बिजेताहरु छानिएका छन् । उपाधिका लागि प्रतिस्पर्धा गरेका ३३ समूहबाट तीन डिभिजनका बिजेताहरु छानिएका हुन् ।
‘अपर टिम’तर्फ बुटवलको द ब्रेभ गोरखा विजेता बन्यो । यो विधामा काठमाण्डूको ग्रुभ ओभरडोज फस्ट रनरअप र ललितपुरको वाई स्ट्यांड क्रू सेकेन्ड रनरअप घोषित भए ‘जूनियर टिम’तर्फ काठमाण्डौंको नेपा डान्स एकाडेमी पहिलो, मोरङको ह्यान्ड टु ह्यान्ड क्रू दोस्रो र ललितपुरको क्रिएटर क्रू तेस्रो बने ।
अपर डिभिजनतर्फ कैलालीको बब्लू एण्ड रोहित पहिलो, काठमाडौंका स्वस्तिक अर्याल दोस्रो र झापाको एसएनएस क्विन्स तेस्रो भए । विजेताले जुलाईमा अमेरिकामा आयोजना हुने विश्व प्रतिस्पर्धामा मुलुकको प्रतिनिधित्व गर्नेछन् ।
स्वदेशी नृत्यकारलाई विश्वसामु परिचित गराउने र नेपाली कलासंस्कृति उजागर गर्नको निम्ति कार्यक्रम आयोजना गरिएको शोका राष्ट्रिय निर्देशक रोशन गहतराजले बताएका छन् । कन्टेम्पोररी नृत्यकार जेडी तमु, एभरेस्ट क्रूका निशान्त गौचन र पपर मुकेश ढकाल जुरीको रुपमा थिए । सुस्ताएको नेपाली नृत्य क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिता नयाँ सुरुवात भएको शोका कला निर्देशक समेत रहेका तमुले बताए ।
समारोहमा काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल प्रमुख अतिथिको रुपमा थिइन् । उनले विजेतालाई पुरस्कार प्रदान गरिन् । मण्डला इन्टरटेनमेन्टकोे आयोजनामा भएको कार्यक्रममा भारतको चर्चित डान्स रियालिटी शो ‘डान्स इण्डिया डान्स’, लिटलमास्टर, झलक दिखलाजाका विजेता तेरिया मगर, भ्वाइस अफ नेपालका होस्ट सुशील नेपाल लगायत उपस्थित थिए ।