नक्कली मदिरा सेवनबाट ३३ जनाको मृत्यु-Sutra News

नक्कली मदिरा सेवनबाट ३३ जनाको मृत्यु

शनिबार, २६ माघ २०८१

शनिबार, २६ माघ २०८१

काठमाडौं । टर्कीयेको राजधानी अंकारामा नक्कली मदिरा सेवनका कारण ३३ जनाको मृत्यु भएको छ । २० जना अझै सघन उपचार कक्षमा रहेको स्थानीय एनटीभीले शुक्रवार जनाएको छ ।



१३ जनालाई पक्राउ गरिएको छ । अंकारा प्रान्तीय गभर्नरको कार्यालयले यसअघि मंगलवार नक्कली मदिरा सेवनको विरुद्धमा सार्वजनिक चेतावनी जारी गरेको थियो । अन्य शहरहरूमा पनि यस्तै घटनाहरू रिपोर्ट गरिएका छन् । इस्तानबुलमा, जनवरीमा नक्कली–मदिरा विषाक्तताका कारण कम्तिमा ९० जनालाई अस्पताल भर्ना गरिएको थियो । जसमा ३८ जनाको मृत्यु भएको थियो ।

धेरैजसो मृत्यु मिथानोल विषाक्तताको कारणले हुन्छ । जुन अवैध मदिरा उत्पादनहरूको उत्पादनमा विषाक्त मिथानोल प्रयोग गर्दा हुन्छ । टर्कीका अधिकारीहरूले नक्कली मदिराको उत्पादन र विक्रीमा कडाइ गर्ने प्रयासहरू तिब्र पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट