![1604218239_sanghiya-1200x560](https://www.sutranews.com/wp-content/uploads/2022/06/1604218239_sanghiya-1200x560-1.jpg)
![उपसचिव बढुवाका लागि १० शाखा अधिकृत सिफारिस (सूचिसहित)](https://www.sutranews.com/wp-content/uploads/2022/06/1604218239_sanghiya-1200x560-1.jpg)
काठमाडौं । १० जना शाखा अधिकृतलाई उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले नेपाल इन्जिनियरिङ सेवाका विभिन्न सेवा, समूह, उपसमूह र श्रेणीका रिक्त पदमा दश जना शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
बढुवा समितिले माघ २५ गतेको निर्णयानुसार नेपाल इन्जिनियरिङ सेवाका सिभिल इन्जिनियरिङ समूहतर्फ रिक्त उपसचिव पदमा ७ जना, केमिकल इन्जिनियरिङ समूहतर्फ १ जना, सर्भे समूहतर्फ १ जना र केमेष्ट्री समूहतर्फ १ जनालाई ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस गरिएको छ ।