

आज मिती २०८१ साल माघ महिनाको २७ गते आइतबार तदनुसार फ्रेब्रुअरी महीनाको ९ तारीख सन् २०२५, माघ शुक्ल पक्षको द्वादशी तिथी, आज बिहान ६ बजेर ४५ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ५ बजेर ५० मिनेटमा अस्ताउने छ ।
मेष राशी: आज केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ, तथापि धेरैको भलाइ हुने काम गर्न सकिनेछ । व्यवसायिक काममा कम मात्र फाइदा हुने समय छ । मित्रजनको साथ प्राप्त हुनुका साथै रोग र शत्रुमाथि विजय प्राप्त हुने योग छ ।
बृष राशि: रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइनुका साथै विवेकपूर्ण व्यवहारले धेरैको मन लोभ्याउन सकिनेछ ।
मीथुन राशि: कर्मबल बढ्ने तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । दिन उत्साहपूर्ण रहला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।
कर्कट राशि: रचनात्मक काम सुरु गर्ने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । धन आर्जन हुने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । अरूको फाइदाका लागि उपयोग हुनुपर्ने योग छ । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
सिंह राशि: जोखिम बढ्ने समय छ । नजिकका साथीभाइ टाढिन सक्छन् । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। व्यवसायमा विशेष लाभ लिने समय छ । पढाइलेखाइमा प्रगति हुनेछ ।
कन्या राशि: समय राम्रो छ । आरोग्यता र सुख वृद्धि हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।
तुला राशी: आजको दिन प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । केही अवसर भने फुत्कन सक्छन, सचेत रहनुहोला । गोपनीयतामा विशेष ध्यान दिनु हितकर रहला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर छ ।
बृश्चिक राशि: परिवारजनसँग आत्मीयता बढ्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । कार्यबोझ वृद्धि भए पनि सकारात्मक काम बन्नेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । तथापि, आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
धनु राशि: व्यस्तता बढ्नेछ । आज परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताउन सक्छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । अरूको फाइदाका लागि उपयोग भइनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । दैनिक काममा सफलता मिल्नेछ ।
मकर राशि: दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय भएपनि अरूलाई वचन दिने बानीले दुःख पाइने सम्भावना छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ । तार्किक क्षमता बढ्नेछ ।
कुम्भ राशि: आजको दिन भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । साथ दिनेहरू बढ्नेछन् । प्रयासरत काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । समस्याको समाधान प्राप्त हुनेछ ।
र, मिन राशि: उल्लासपूर्ण एवम् फुर्सदिलो समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले प्रशन्नता बढ्ला । इच्छाशक्ति बढ्ने हुनाले रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । तर, लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ ।