अभियन्ता खगेन्द्र सुनार पक्राउ-Sutra News

अभियन्ता खगेन्द्र सुनार पक्राउ

सोमबार, २८ माघ २०८१

सोमबार, २८ माघ २०८१

काठमाडौं । अन्तरजातीय विवाह गरेका सर्लाहीका सतेन्द्र राम र नेहा रौनियारको जोडीको न्याय माग्दै सोमबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वर प्रवेश गर्न खोज्दा दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेका छन् ।



उनलाई संसद भवन प्रवेश गर्न खोज्दा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले जानकारी दिए ।

‘दलितको लागि दलित अभियान’ नेपालका संयोजकसमेत रहेका सुनारले अन्तरजातीय विवाह गर्ने जोडीमाथि गृहमन्त्री रमेश लेखककै निर्देशनमा गैरकानूनीरूपमा दमन गरेको भन्दै विरोध जनाउँदै आएका छन् ।

सुनार यसअघि ६ महिनाअघि गत साउन २९ गते पनि हात खुट्टामा नेल लगाएर माइतीघरबाट प्रदर्शन गर्दै संसद भवन प्रवेश गर्न खोजेका थिए । त्यतिबेला प्रहरी नियन्त्रणमा लिएर साँझ छोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट