सातवटा सडकलाई एकतर्फी बनाउने महानगरको निर्णय, कहाँ-कहाँ हुँदैछ एकतर्फी ?-Sutra News

सातवटा सडकलाई एकतर्फी बनाउने महानगरको निर्णय, कहाँ-कहाँ हुँदैछ एकतर्फी ?

मंगलबार, २९ माघ २०८१

मंगलबार, २९ माघ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न सातवटा सडकलाई एकतर्फी बनाउने निर्णय गरेको छ ।



यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन काठमाडौँ महानगरपालिका वडा नं. ५ हाँडीगाउँ अन्तर्गतका सडकमा एकतर्फी सवारी साधन सञ्चालन गर्नुपर्ने भएकोले महानगरपालिकाको भवन व्यवस्था समितिको पुस ५ गतेको निर्णयानुसार फागुन ७ गतेबाट लागू हुने सडकमा एक तर्फबाट मात्र सवारी साधन सञ्चालन हुने जनाइएको छ ।

महानगरले जारी गरेको सूचनाअनुसार निम्नानुसारका सडक अब एकतर्फी हुनेछन् ।

१. काठमाडौँ महानगरपालिका वडा नं. ५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महा‌ङ्काल मार्ग-हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने ।

२. विशालनगर तर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महाङ्काल तर्फमात्र प्रवेश गर्न पाउने ।

३. हाँडीगाउँ हुँदै ढुङ्गेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट पठाउने ।

४. नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनहरू वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने ।

५. ढुङ्गेधाराबाट हात्ती महा‌ङ्कालतर्फ प्रवेश निषेध ।

६. वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध ।

७. बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट