

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद जनार्दन शर्माले मिसन(८४ का नाममा जनता ठग्ने काम भइरहेको बताएका छन्।
मङ्गलबार (आज) जारी प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। नेपाल नेपाल जस्तै बन्नुपर्छ नेपाललाई अन्य मुलुक बनाउन नसकिने कुरा उनले राखेका छन् ।
उनले भने, ‘मिसन-८४ जनता ठग्ने कुरा हो। केको मिसन-८४ ? मिसन जनता हो। मिसन सुशासन हो। मिसन समृद्धि हो। विकास हो।’