

आज मिती २०८१ साल माघ महिनाको ३० गते बुधबार तदनुसार फ्रेब्रुअरी महीनाको १२ तारीख सन् २०२५, फाल्गुण कृष्ण पक्षको पूर्णिमा तिथी । आज बिहान ६ बजेर ४२ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ५ बजेर ५३ मिनेटमा अस्ताउने छ ।
मेष राशी: आजको दिन मिश्रित फलदायी छ । आयआर्जनका स्रोत बढ्ने भएपनि बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य खासै नपाइएला । व्यापारमा हुनेका लागि लाभदायी हुने समय हुनाका साथै विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । आफन्तसँग असमझदारी बढ्न सक्ने योग भएकोले सावधानीपूर्वक व्यवहार गर्नुहोला ।
बृष राशि: दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय रहेकाले आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । कुनै विशेष प्रकारको नयाँ योजनामा कदम बढाउँदै हुनुहुन्छ भने केही समय पर्खनु उचित हुनेछ । आजको दिन रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने योग पनि छ । प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला । प्रेमभाव र उत्साह बढ्ने दिन छ ।
मीथुन राशि: व्यस्तता वृद्धि हुने तर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने दिन छ । नाम, दाम, इनाम र प्रतिष्ठा कमाइएला । सामाजिक दायित्व बढ्नेछ भने बौद्धिक कार्यबाट धनलाभ हुनेछ । तपाईंको प्रतिभाको प्रशंसा हुनाका साथै अध्ययन कार्यमा प्रगति होला । पराक्रम बढ्नेछ भने शत्रुमाथि विजय प्राप्त हुनाका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट राशि: प्रतिष्ठित काम गर्ने अवसर जुर्नुका साथै अरूलाई प्रभावित पारेर इनाम र प्रतिष्ठा कमाउने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट पनि लाभ मिल्ने देखिन्छ । व्यापारमा राम्रै उन्नति होला । कामले कीर्तिमानी दिलाउने सम्भावना छ । सबै कुराका सहयोगीहरूको भर पर्नुचाहिँ उचित नहोला । स्वास्थ्यप्रति विशेष सजग रहनुहोला । खेलकुद तथा भ्रमण कार्यमा रुचि बढ्नेछ ।
सिंह राशि: आजको दिन चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । विशेष योजनामा सोचेअनुसारको लाभ प्राप्त हुने समय छ । तर, अरूका लागि बुद्धि खर्चनुपर्ने योग रहनुका साथै स्वास्थ्यमा केही कमजोरीको अनुभूति होला । मुख्य काममा बाधा हुने योग रहेकोले सोचसमझका साथ कार्य गर्ने यत्न गर्नु उचित हुनेछ ।
कन्या राशि: आजको दिन शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ, तर परिस्थितिले अप्ठ्यारो मोडमा खडा गर्न पनि सक्ने देखिन्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तजन पनि टाढिन सक्छन् । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ । आत्मविश्वासका साथ प्रयत्न गर्दा अवसरको फाइदा लिन सकिनेछ । यात्रागत कार्यमा विशेष लाभ हुनाका साथै कार्यगति बढ्नेछ ।
तुला राशी: व्यवसायमा लगानी बढाउनुपर्ने समय रहेकाले आम्दानी बढ्ने र कतै आतिथ्यपूर्ण सम्मान पाइने सम्भावना छ । प्रेमको बन्धन कसिएला । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नुका साथै स्रोतसाधन जुट्नाले दिगो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । व्यपारिक बढोत्तरीको योजनामा सफलता प्राप्त होला
बृश्चिक राशि: आजको समय तपाईका लागि शुभदायी छ । तपाईंको कामले अरूको मन लोभ्याउनेछ, साथै दाम, इनाम र प्रतिष्ठा आर्जन होला । सहयोगीहरूले राम्रो फाइदा दिलाए पनि सवारी साधन उपयोग गर्दा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । व्यावसायिक यात्रा सम्भावना रहेपनि समग्रमा दिन उत्साहपूर्ण रहनेछ ।
धनु राशि: कर्मबल र इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुने समय छ । विशेष योजनाहरू बन्नेछन् भने तपाइले सम्पादन कामको तारिफ धेरैले गर्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष र उत्साह बढ्नेछ । सामान्य अस्वस्थताले कार्यमा ढिलासुस्ती हुन सक्ने योग रहेको छ ।
मकर राशि: मेहनतीहरूका लागि आजको दिन उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति भएपनि आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्ने योग छ । इर्ष्या गर्नेहरू सक्रिय रहन सक्छन् र, केही विवादमा समेत परिने योग छ, सजग रहनु हितकर होला । आलस्य गर्ने बानीले समस्या निम्त्याउन सक्ने भएपनि यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ राशि: दौडधुप बढेपनि अवसर आएको मौकामा लाभ उठाउन नसकिने र नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ने समय छ । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा भएपनि आजको आर्जन सञ्चय नहुन पनि सक्छ । विवाद या प्रतिष्पर्धामा भने विजयी हुनाका साथै बौद्धिक र रचनात्मक कार्य बन्ने योग देखिन्छ।
र, मिन राशि: अरूलाई प्रभावित पारेर काम बनाउने समय रहेकाले प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । मित्रजन एवम् शुभचिन्तकको सहयोगले हिम्मत दिलाए पनि आफ्नो अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्न सक्ने भएकाले सावधानीपूर्वक व्यवहार गर्नुहोला । साझेदारीको काम बन्नुका साथै समस्याको समाधान मिल्नेछ ।