![Gold_Silver_Price](https://www.sutranews.com/wp-content/uploads/2024/07/Gold_Silver_Price.jpg)
![सुनको मूल्यमा उच्च गिरावट](https://www.sutranews.com/wp-content/uploads/2024/07/Gold_Silver_Price.jpg)
काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) सुनको भाउमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार मंगलबारको तुलनामा बुधबार प्रतितोला २ हजार ७ सय रुपैयाँले मूल्य घटेको हो ।
मूल्य घटेसँगै बुधबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७० रुपैयाँमा किनबेच भएको थियो ।
सुनको मूल्य घटेसँगै बुधबार चाँदीको मूल्य पनि घटेको छ । महासंघले जनाएअनुसार बुधबार प्रतितोला १५ रुपैयाँले चाँदीको मूल्य घटेको हो ।
मूल्य घटेसँगै बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउ घटेको छ । गोल्ड प्राइसका अनुसार आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश २८८५ डलरमा किनेबच भइरहेको छ ।