

काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि मुद्दती निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकहरुले माघकै ब्यादरलाई निरन्तरता दिएका छन् भने दुई बैंकले सामान्य हेरफेर गरेका छन् ।
बैंकहरुले सार्वजनिक गरेको सूचीअनुसार फागुनमा बैंकहरूको संस्थागततर्फ ०.०१ प्रतिशत घटेर औसत ४.४९ प्रतिशतमा झरेको छ । माघमा मुद्दती निक्षेपमा संस्थागततर्फ औसत ४.५० प्रतिशत ब्याजदर कायम छ ।
साथै, व्यक्तिगततर्फ बैंकहरूको औसत ब्याजदर ६ प्रतिशत कायम छ । माघमा पनि सोही ब्याजदर कायम राखिएको छ ।
नयाँ ब्याजदरअनुसार लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशतले घटाउँदै ५.५ प्रतिशत निर्धारण गरेको छ । तर, ग्लोबल आइएमई बैंकले ०.२५ प्रतिशत ब्याजदर बढाएर ६ प्रतिशत तोकेको छ ।
फागुनमा कृषि विकास बैंकले व्यक्तिगततर्फ ५.५१ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजद दिनेछ । यसैगरी, एभरेष्ट बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ५ प्रतिशत ब्याजदर दिनेछ ।
नेपाल बैंकले व्यक्तिगततर्फ ५.६ र संस्थागततर्फ ४.१५ प्रतिशत ब्याजदर दिनेछ भने कुमारीले व्यक्तिगततर्फ ५.९१ र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदर दिनेछ ।
यसैगरी, नेपाल एसबीआई बैंकले व्यक्तिगततर्फ ५.५ र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदर दिनेछ ।
यसैगरी, प्राइमले व्यक्तिगततर्फ ६.२५ र ४ संस्थागततर्फ ४ प्रतिशत ब्याजदर दिनेछ ।
सिटिजन्स इन्टरनेशनले व्यक्तिगततर्फ ५.६५ र संस्थागततर्फ ४.१ प्रतिशत ब्याजदर दिनेछ । सिटिजन्सले माघको तुलनामा ०.४ प्रतिशत ब्याजदर घटाएको हो ।
यता, प्रभुले माघकै ब्याजदरअनुसार व्यक्तिगततर्फ ६.१ र संस्थागततर्फ ५.१ प्रतिशत ब्याज दिनेछ । माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर दिनेछ ।
यस्तै, एनएमबि बैंकले व्यक्तिगततर्फ ६.६ र संस्थागततर्फ ५.६ प्रतिशत ब्याजदर दिनेछ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ६.२५ र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर दिनेछ ।
यता, हिमालयन बैंकले व्यक्तिगततर्फ ६.२५ र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर दिनेछ । एनआईएमबिले व्यक्तिगततर्फ ६.५ र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर दिनेछ ।
यस्तै, सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर दिनेछ । यता, एनआइसी एसियाले व्यक्तिगततर्फ ६.६ र संस्थागततर्फ ५.६ प्रतिशत ब्याजदर तोकेको छ ।
नबिल बैंकले व्यक्तिगततर्फ ५.७५ र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर दिनेछ भने सानिमाले व्यक्तिगततर्फ ६.०५ र संस्थागततर्फ ४.३ प्रतिशत ब्याजदर दिनेछ ।
यस्तै राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर दिनेछ ।
फागुनमा व्यक्तिगततर्फ सबैभन्दा कम नेपाल एसबीआई र लक्ष्मी सनराइजको ब्याजदर ५.५ प्रतिशत तोकिएको छ भने संस्थागततर्फ कृषि विकास र स्ट्याण्डर्ड चार्टर्डको ३.२५ प्रतिशत ब्याजदर तोकिएको छ ।