

भिटामिन शरीरको लागि अत्यावश्यक पोषक तत्व हो, जसको शरीरमा कमी हुनु हुँदैन। भिटामिन बि–१२ सबै भिटामिनहरूको महत्त्वपूर्ण तत्व मानिन्छ।
यस भिटामिनको महत्व धेरै छ किनभने यसले स्नायु प्रणालीलाई स्वस्थ राख्न, एनीमिया हटाउन र तपाईंलाई ऊर्जावान राख्न मद्दत गर्दछ।
यो भिटामिनको कमी प्रायः शाकाहारी मानिसहरूमा देखिन्छ। यसको कारण यो भिटामिनको मुख्य स्रोत नै जनावरमा आधारित खानेकुरा हाे ।
खानाबाट हरेक पोषक तत्वको कमी पूर्ति गर्न सजिलो र लाभदायक हुने भएकाले भिटामिन बी–१२ को कमी पूरा गर्न शाकाहारीले औषधिको साटो आहारमा ध्यान दिनुपर्ने विज्ञहरूकाे भनाइ छ ।
यी ३ खानेकुरा खानुहोस्
१. दूध- सबै दुग्धजन्य खानेकुरामा भिटामिन बी-१२ प्रशस्त हुन्छ। शरीरमा भिटामिन बी–१२ को कमी पूरा गर्नका लागि दैनिक दूध पिउनुपर्छ ।
२. हरियो सागसब्जी- हरियो सागसब्जी र पातदार तरकारीहरू पनि भिटामिन बि–१२ को स्रोत हुन्। तसर्थ, तपाईंले यी तरकारीहरू पनि दैनिक खानु पर्छ ताकि तपाईं प्राकृतिक रूपमा यसको स्तर बढाउन सक्नुहुन्छ।
३. फलफूल- तपाईंले आफ्नो दैनिक आहारमा स्याउ, सुन्तला र केरा लिनुपर्छ किनभने यी भिटामिनको प्राकृतिक स्रोत पनि हुन्। यदि तपाईं चाहनुहुन्छ भने, तपाईं पनि दैनिक जुस बनाएर पिउन सक्नुहुन्छ।
भिटामिन बि–१२ को कमीको लक्षण
थकान वा कमजोरी महसुस हुनु।
नङ पहेंलो र नराम्रो हुनु ।
कपाल झर्नु।
फिक्का छाला जसमा छाला र आँखाको सेतो भाग पहेंलो देखिनु ।
मांसपेशी र जोर्नीहरूमा दुखाइ हुनु । एजेन्सीबाट