फेरि बढ्याे सुनकाे मूल्य-Sutra News

फेरि बढ्याे सुनकाे मूल्य

बिहिबार, १ फाल्गुन २०८१

बिहिबार, १ फाल्गुन २०८१

काठमाडाैं । स्थानीय बजारमा साताकाे पाँचाैं काराेबार दिन (बिहीबार) सुनको मूल्यमा वृद्धि भएको छ । बुधबार एकैदिन २ हजार ७ सय रुपैयाँले घटेकाे सुनकाे मूल्य बिहीबार भने ताेलामै २ हजार ३०० रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।



मूल्य बढेसँगै बिहीबार सुनकाे मूल्य प्रतिताेला १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ । यसअघि बुधबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ थियाे ।

सुनकाे मुल्य बढिरहँदा बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउ बढेकाे छ । गोल्ड प्राइसका अनुसार आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश २९१८ डलरमा किनेबच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट