

काठमाडौं । टिकटक अहिले सामाजिक सञ्जालको एउटा महत्वपूर्ण हिस्सा बनिरहेको छ। यस्को संचालक देश चीन भए पनि यो अहिले संसारभरका युवाहरुले सबैभन्दा धेरै प्रयोग गर्ने सञ्जालको माध्यम बनेको छ। नेपाल सरकारले करिब एक बर्षसम्म टिकटक बन्द गर्यो। बन्द गर्नुपर्ने अवस्था चाहिँ यस्को हदभन्दा बढी दुरुपयोगको कारण नै हो। अहिले सरकारले नयाँ सञ्चार/सञ्जाल नीति ल्याउन लागेको छ। यसबाट सामाजिक सञ्जालमा राज्य अझै कठाेर बन्दै छ ।
नेपाल सरकारले राष्ट्रिय संचार नीति २०८१ लाई राष्ट्रिय सभामा प्रस्तुत गरिसकेको छ । डिजिटल स्वतन्त्रतालाई कति हदसम्म स्वतन्त्र छोड्ने र कसरी यसलाई नियमन र नियन्त्रण गर्ने भन्ने कुराको निर्धारण यसै निर्देशिकामा छ। अहिले सरकार यो नीति दुवै सदनबाट पास गराउने प्रयत्नमा छ ।
अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्नेहरुलाई यो कानूनले उनीहरूको स्वच्छन्दतालाई नियन्त्रण त अवश्य गर्छ नै तर सामाजिक सञ्जालमा आएर गलत सूचना प्रवाह गर्नेहरूको लागि भने कडा कानुन र दण्डको आवश्यकता बढीरहेको थियो।
यो नीतिले नेपालको विकसित डिजिटल प्लेटफर्मलाइ नियमन गर्छ तर, बिचार विनिमयको स्वतन्त्रतालाई राज्यले कुन हदसम्म अन्कुस लगाउने भन्ने कुरा बाहिर नआउदै सडकमा बिरोधका स्वरहरु घन्किन थालिसकेका छन। यो नीति माथिल्लो सदनबाट पनि पास भएको खण्डमा यसले सामाजिक मिडियाका प्लेटफर्महरूलाई अन्कुस लगाउने कुरामा कुनै दुबिधा भने छैन। यदि कसैले सामाजिक संजालमा गलत सूचना प्रवाह गरि राज्य बिरुद्ध ,कसैको धर्म, जात, संस्कारको विरुद्ध लेखी सामाजिक सद्भाव भड्काउने र यौन हिंसा बढाउने प्रकृतिका अभिव्यक्ति संचार गरेमा त्यस्ता ब्यक्ति/संस्थालाइ पाँच लाख जरिवानादेखि पाँच बर्षसम्म जेल सजाय हुने कानुनी ब्यवस्था राखिएको छ।
हिजोआज तपाईं हामी सबैलाई थाहा छ कि सामाजिक सञ्जालले नेपाली युवायुवतीमा व्यापक बिकृती ल्याएको छ । टुइटर, टिकटक, फेसबुक, ह्याङ्सआउट आदि चलाउनेहरुले सामाजिक सञ्जाललाइ एकले अर्कालाई गाली गर्ने, झुटाे प्रेम गरेर यौन शोषण गर्ने, मन नपरेको मान्छेलाइ सत्तो सराप गाली, बेइज्जती गर्ने हतियारको रूपमा प्रयोग भैरहेको छ। अनि सबैभन्दा दुखको कुरा पढेलेखेका नेपाली महिलाहरु सामाजिक सञ्जालको झुठाे प्रेमीबाट आर्थिक रूपमा र शारीरिक रूपमा दिनदिनै ठगिरहेका लज्जास्पद घटनाहरु बाहिर आइरहेका छन।
नेपालीहरुको सामाजिक सञ्जालप्रतिको मोह अचम्मको छ । केही महिना टिकटक बन्द हुँदा धेरै शान्ति मिलेको थियो। टुइटरका माध्यमबाट नेपालका प्रधानमन्त्री, मन्त्री तथा आफुलाइ मन नपरेका मान्छेलाई मज्जाले रिस फेरि फेरि गाली गलौज गर्न पाइन्छ। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गालिको बर्षा हुन्छ कहिलेकाही । टिकटकका माध्यमबाट नेपालीको हरेक घर घरमा कलाकार जन्मिरहेको भिड र लर्को हेर्दा अब नेपालमा फिलिम नै बन्न छोड्ने छ र हलहरु नै बन्द हुने पो हुनकि भन्ने भान पो हुँदैछ ।
अफिस/अफिसमा दिउँसै नाच्ने नर्तकीहरु जन्मिरहेका छन । कोठा-कोठामा नितम्ब हल्लाउने युवतीहरु फैलिरहेकाछन । सडक, मन्दिर, हरेक गल्लि-गल्लिमा बैशालु युवती हल्लिरहेका देखिन्छन् । तिनीहरू हल्लेका हुन कि तिनीहरूको नितम्ब हल्लेको हो छुट्याउनु गाह्रो छ। कोहि मुर्छा परेर रोइरहेका हुन्छन् । कोहि अभिनय गर्दै नाइटो देखाउदै हुन्छन् । कोहि हिलिली खितिती हासिरहेका हुन्छन् । पेन्टी र पेटीकोट देखाउनु सामान्य भैसक्यो। यो सामाजिक विकृतीले हद पार गरिरहेको छ, यसको अन्त्य हुनु जरुरी छ । हिजोआज हरेक आगन सुटिङ स्थल जस्तो देखिन थालेको छ। बडाे बिचित्रको तमासा देख्न पाइन्छ टाेल-टाेलमा। होडबाजी छ महिला दिदिबहिनीहरुमा आ-आफ्नो जिउ देखाउन अहिले । आफू हट र सेक्सी देखिने बहानामा जस्तोसुकै हर्कत देखाउन पनि तयार छन आजका नेपाली आधुनिक दिदीबहिनीहरु ।
अश्लीलता देखाउने प्रवृत्तिले नेपाली सोसल मिडिया, खास गरेर टिकटकको बजार तातेको छ यतिबेला । गरमा गरम छ । घरमा भलै पकाउने चामलको जोहो नहोला तर टिकटक बनाउनका लागि एउटा गतिलो मोबाइल चाहिँ ऋण गरेर भए पनि लिनुपर्छ भन्ने मान्यता अहिलेका डिजिटल दिदिबहिनीहरुको सर्वमान्य सिद्धान्त नै बनेको छ।
यस्तै सामाजिक सञ्जालको दुरुपयोगबाट ठगिन पुगेका नेपाली महिला (श्रीमान बिदेशमा भएका, बिहे भएर श्रीमानसंग छुट्टीएर बसेका, बेरोजगारी, बिहे नगरेका तर बिदेशी श्रीमान परोस भनेर चाहना राखिरहेका, पढेलेखेका, सामाजिक सञ्जाललाइ ज्ञान र सूचनाको श्रोत भन्दापनी मनोरंजनका रूपमा लिने, सञ्जाल चलाउने तर राम्रो चलाउन समेत नआउने, अरु केटीहरुको देखासिकी गर्ने नेपाली महिलाहरु, अविवाहित, स्कुल पढ्ने साना केटीहरु समेत कसरी आर्थिक, सामाजिक र यौन शोषणमा फसिरहेका छन भन्ने तथ्यांक यदि पुरै बाहिर आउने हो र नेपाल प्रहरीले यो तथ्यांकलाई सार्वजनिक गर्ने हो भने डरलाग्दो अवस्था छ। अहिले जतिपनी सामाजिक सञ्जालका अपराधिक गतिविधि बाहिर आइरहेका छन ती दस प्रतिशत मात्रै बाहिरीएका छन। सामाजिक सञ्जाल प्रयोग गर्ने हरेक पाँच जनामा दुइजना कुनै न कुनैबेला हिंसा र शोषणमा परेकै हुन्छ । चाहे आर्थिक रूपमा होस चाहे यौन हिंसामा। वा चाहे कुनै गालिबेज्जतीमा होस ।
सामाजिक सञ्जालमा प्रतिशतको आधारमा पुरुष १५ प्रतिशत मात्रै ठगिएका छन भने महिला ८५ प्रतिशत ठगिएका छन। दिनानुदिन महिलाका मात्रै गुनासो आउनुले पनि महिलामा सामाजिक सञ्जालप्रतिको मोह कति धेरै रहेछ भन्ने तथ्यांकले पनि देखाउछ। महिला मात्रै किन शोषणमा परे त? महिलालाई पुरुषले मात्रै बिगार्छ त? पुरुष मात्रै हिंसामा सामेल हुन्छ भन्ने जुन सोचाइ छ नि त्यो गलत सावित भैसकेको छ। महिला जति सबै सहि अनि पुरुष जति सबै खराब भन्ने परम्परागत सोचाइ अब गलत साबित भैसकेको छ। नेपाली लोक गीतलाई तोडमोड गरि टिकटकमा दुई अर्थ लाग्ने खालका छाडा रूपमा गाएर नेपाली युवतीहरुले गीत अनुसार यौन हाउभाउ र अङ्ग समेत देखाउन थालेका छन टिकटकमा ।
प्रहरी अपराध अनुसन्धान माहाशाखा टेकु जस्ले साइबर क्राइम पनि हेरिरहेको छ, त्यहाँ जानेबुझेका कयौ महिलाहरु सामाजिक सञ्जालबाट ठगिएको, बरबाद भएको घटना लिएर आइरहेका हुन्छन् । हरेक दिन १०-२५ वटा सम्म केस त्यहाँ दर्ता हुदोरहेछ। त्यो पनि अपराध हेरी। त्यसपछि अझै बढि आएका केसहरु त्यताबाट भोटाहिटिमा सिफारिस हुदोरहेछ ।
यस्को चिन्ता न राष्ट्रले लिन्छ न समाजले नै लिन्छ । यो राष्ट्रले लिने चिन्ता पनि होइन। यो प्रवृत्तिमा कमि ल्याउन प्रहरी प्रशासनले पनि सकिरहेको छैन। सामाजिक सञ्जाल हेर्ने प्रहरी अपराध विभागमा झुकेको शिर लिएर निवेदन दिन जाने एउटी महिलालाई हेर्ने दृस्ठिकोण बदलिँदो छ अहिले । सञ्जालमा च्याट र मस्ती आफु गर्ने पैसा आफू लुटाउने, अनि त्यस्को जिम्मेवारी चै प्रहरीले लिनुपर्छ” भन्ने जस्ता बिचार स्वयं प्रहरीको अनुहारमा पढ्न सकिन्छ।
दिनका सयौं घटना दर्तामा आउनुले पनि प्रहरीलाई यो बिषयले दिमाग खाइरहेको छ । प्रहरीले मात्रै चाहेर के हुन्छ यो देशमा ? जबकी परिवर्तन ल्याउने एउटा सिङ्गो युवा वर्गनै सामाजिक सञ्जालमा लिप्त छन । समय बरबाद गरिरहे छन। गाली गलौजको भाषा प्रयोग गर्नेदेखि महिलाहरु नाङ्गिनेसम्म प्रवृत्तिका कारण टिकटकमा देखिने आधुनिक कोठे र ओठे कलाकारले सञ्जालकै बदनाम गरिरहेका छन।
अहिले सरकारले ल्याउन लागेको संचार नीति यस्तै कुराहरू माथी नियमन र नियन्त्रण गर्न हो।