आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी-Sutra News

आजको राशिफल : यी हुन् आजका भाग्यमानी राशी

शुक्रबार, २ फाल्गुन २०८१

शुक्रबार, २ फाल्गुन २०८१

आज मिती २०८१ साल फाल्गुण महिनाको २ गते शुक्रबार तदनुसार फ्रेब्रुअरी महीनाको १४ तारीख सन् २०२५, फाल्गुण कृष्ण पक्षको द्वितीया तिथी एवं भ्यालेन्टाइन डे, आज बिहान ६ बजेर ४१ मिनेटमा काठमाण्डौ उपत्यकामा झुल्कीएको घाम साँझ ५ बजेर ५४ मिनेटमा अस्ताउने छ ।



मेष राशी: दिर्घकालिन लाभ हुने काम प्रारम्भ गर्ने दिन भएपनि साँझदेखि केही समस्या देखा पर्न सक्ने हुनाले सावधान रहनुहोला । विछोडिएका परिवारजनसँग भेटघाट हुनाका साथै गरिएका कामको राम्रै मूल्यांकन होला । साझेदारीमा पनि लाभ नै मिल्ने योग रहनुका साथै तपाईले मन पराउनु भएको व्यक्तीलाई पश्चिम दिशा फर्किएर प्रेम प्रस्ताव राख्दा स्वीकृत हुने सम्भावना निकै उच्च छ।

बृष राशि: आजको दिन व्यस्तता बढ्नुका साथै रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ कामको ढोकासमेत खुल्ने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव बढ्नेछ । तथापि, पुरानो समस्याले झमेला आइलाग्ने योग रहनुका साथै दाम्पत्य सम्बन्धमा केही असमझदारी बढेपनि आफ्ना प्रेमी, प्रेमिका वा जीवनसाथीलाई कुनै धार्मीक क्षेत्रमा पुगेर प्रेम प्रस्ताव राख्नु भयो भने स्विकृत हुने सम्भावना उच्च रहने छ ।

मीथुन राशि: तपाईका लागि आजका दिन दौडधुप बढ्ने र होसियारीसाथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । तर, सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । व्यावसायिक काममा राम्रै फाइदा हुने योगरहेपनि योजनाहरू गोप्य राख्नु हितकर होला, तपाईले मन पराउनुभएको व्यक्तीलाई दक्षिण दिशा फर्किएर प्रेम प्रस्ताव राख्नु उत्तम हुनेछ ।

कर्कट राशि: आजको दिन पहिलेका समस्या दोहोरिन सक्ने हुनाले नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्ने हुनाले सचेत रही व्यवहार गर्नुहोला । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने योग रहनुका साथै कर्मबल बढ्नेछ । तपाईले मन पराउनु भएको व्यक्तीलाई पश्चिम दिशा फर्किएर मध्यान्ह अघिनै प्रेम प्रस्ताव राख्नु भयो भने शतप्रतिशत स्वीकृत हुने सम्भावना छ ।

सिंह राशि: आज तपाइले सोचेको काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ तर नजिकका साथीभाइ टाढिन सक्ने योग छ । अरूको फाइदाका लागि उपयोग भइएला । तार्किकताले सम्मान दिलाउन सक्ने भएपनि सहयोगीहरूले हात झिक्नाले महत्वपूर्ण योजनामा अलिक अप्ठ्यारोमा परिनेछ । खर्च वृद्धि हुने सम्भावना छ, उत्तरदिशा फर्किएर आफूले मन पराउनु भएको व्यक्तीलाई प्रेम प्रस्ताव राख्नु तपाईका लागि फलदायी हुनेछ ।

कन्या राशि: नयाँ काममा हात हाल्ने समय रहेकाले नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि एवम् चौपाया व्यवसायमा रहेकालाई विशेष लाभ मिल्नेछ । बाध्यतामा अलमलिनुपर्दा काम रोकिन सक्ने हुनाले ध्यान राख्नुहोला । आजको दिन मध्यान्हपछि बगैंचा, पार्क, फनपार्क वा मनोरन्जनात्मक वातावरणमा आफूले मन पराउनु भएको व्यक्तीलाई प्रेम प्रस्ताव राख्नु भयो भने अस्वीकृत हुनेछैन ।

तुला राशी: रचनात्मक काम सुरु गर्ने समय रहेकाले विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । आज धनलाभको सम्भावना हुनाका साथै यात्राको पनि योग रहेको छ । आय वृद्धि हुनाका साथै आजको दिन रमाइलैसंग बित्नेछ । कुनै मन्दिर वा धार्मीक क्षेत्रमा मध्यान्हअघि दक्षिण-पश्चिम फर्किएर आफूले मन पराउनु भएको व्यक्तीलाई प्रेम प्रस्ताव राख्नु निकै शुभ रहनेछ ।

बृश्चिक राशि: पारिवारिक भेटघाटको समय रहेकाले आजको दिन विशेष व्यक्तित्वलाई भेट्ने मौका पनि मिल्ला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । तर साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्ने योग रहेकाले सचेत रहनुहोला । दक्षिण दिशामा फर्किएर आजको दिन आफ्नो प्रेमी वा प्रेमिकालाई प्रेम प्रस्ताव नराख्नुहोला, अन्यथा नतिजा तपाईको प्रतिकुल आउने सम्भावना उच्च छ ।

धनु राशि: आजको दिन सोचेको काम सफलतापूर्वक सम्पन्न हुनाका साथै राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । आजको दिन पूर्व-उत्तर दिशा फर्किएर आफूले मन पराउनु भएको व्यक्तीलाई प्रेम प्रस्ताव राख्नुभयो भने स्वीकृत हुने संभावना निकै उच्च छ।

मकर राशि: आजको दिन काममा सोचेजस्तै सफलता मिल्ने समय छ । सहयोगीहरूले राम्रै साथ दिनेछन्, जसबाट पराक्रम र उत्साह बढ्ला । पारिवारिक जमघटमा मन रमाएपनि भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्छ, सचेत रहनुहोला । आजको दिन दक्षिण दिशा फर्किएर आफूले मन पराउनु भएको व्यक्तीलाई प्रेम प्रस्ताव राख्नु निकै शुभदायी रहंदा पश्चिम दिशा तपाईका लागि अशुभ छ ।

कुम्भ राशि: काममा लगानीको समय रहेपनि अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । महत्वाकांक्षी योजना फलीभूत हुने योग छ । विदेश भ्रमणका लागि प्रयत्न गर्नु उचित नै हुनेछ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न चाहे सही समय छ । आजका दिन साँझपख पश्चिम-दक्षिण दिशातर्फ फर्किएर आफूले मन पराउनु भएको व्यक्तीलाई प्रेम प्रस्ताव राख्नुहोला ।

र, मिन राशि: आजको दिन काममा अरूले बाधा पुऱ्याए पनि शुभचिन्तकहरूले साथ दिनेछन् । मेहनतले राम्रै लाभ उठाउन सकिने हुनाले व्यापारमा फाइदा हुनेछ भने महत्वपूर्ण काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । शान्त र मनोरम वातावरणमा उत्तर-पूर्वी दिशामा फर्किएर प्रेम प्रस्ताव राख्नु भयो भने स्वीकृत हुने सम्भावना निकै उच्च देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट