फेरि प्रतितोला एक लाख ७० हजार माथि पुग्यो सुनको मूल्य-Sutra News

फेरि प्रतितोला एक लाख ७० हजार माथि पुग्यो सुनको मूल्य

शुक्रबार, २ फाल्गुन २०८१

शुक्रबार, २ फाल्गुन २०८१

काठमाडौं । स्थानीय बजारमा शुक्रबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।



मूल्य बढेसँगै शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ । यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ८०० रुपैयाँ थियो ।

सुनको मुल्य बढिरहँदा बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबारको तुलनामा प्रतितोला ५ रुपैयाँले बढ्दै शुक्रबार चाँदीको मूल्य १ हजार ९७० रुपैयाँ पुगेको छ ।

आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश २९२८ डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट