![education-ministry](https://www.sutranews.com/wp-content/uploads/2022/01/education-ministry.jpg)
![विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन](https://www.sutranews.com/wp-content/uploads/2022/01/education-ministry.jpg)
काठमाडौं । पछिल्लो समय विद्यालयका विद्यार्थीहरुमाथि निर्घात कुटपिट हुने गरेका घटनाहरु आइरहेका बेला शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै अभिभावक, स्थानीय प्रशासन र सरोकारवालालाई यस्तो निर्देशन दिएको हो ।
तनहुँको भिमादस्थित प्रभात एकेडेमी बोर्डिङका लेखापालले तीनजना विद्यार्थीमाथि गालामा तातो पन्युले डामेको तथा नवलपरासी पश्चिमको एच पाठशालामा शिक्षकले यातना दिएर विद्यार्थीको आँखा फुटेको घटनामा मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
यस्तै, दक्षिणकाली काठमाडौंको जुनकिरी स्कुल तथा शंखरापुरमा एचएस एकेडेमीको बस दुर्घटना भई विद्यार्थीको मृत्यु भएको घटनामा तत्काल छानबिन गर्न पनि मन्त्रालयले प्रहरीलाई अनुरोध गरेको छ ।
सवारी साधनको मापदण्ड ‘स्कुल बस निर्देशिका २०४७’ अनुसार पालना गर्न मन्त्रालयको निर्देशन छ । साथै औचित्यका आधारमा मात्रै शैक्षिक भ्रमण, पिकनिकलगायत कार्यक्रम राख्न मन्त्रालयले अपिल गरेको छ ।