![gas_bisfot_sandar_momo](https://www.sutranews.com/wp-content/uploads/2025/02/gas_bisfot_sandar_momo.jpg)
![सानदार मःम पसलमा आगलागी घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो](https://www.sutranews.com/wp-content/uploads/2025/02/gas_bisfot_sandar_momo.jpg)
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आगलागीमा परी घाइते भएका थप एकजनाको मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार (आज) दिउँसो साढे १ बजे प्रजित लामाको मृत्यु भएको हो ।
गएको माघ २४ गते बिहान ग्यास चुहावट भई उक्त मःम पसलमा आगलागी भएको थियो । त्यहाँका अरू कामदारसँगै त्यति बेला लामा पनि घाइते भएका थिए ।
सानदार मःम पसलमा आगलागीमा परी घाइते भएका अरू सातजनाको उपचार जारी छ । कीर्तिपुर बर्न अस्पतालमै उनीहरूको उपचार भइरहेको छ । उनीहरू सबै सातजनाकै अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
यसअघि, माघ २८ गते राति दुईजनाको मृत्यु भएको थियो । त्यहाँ आगलागीमा परी ११ जना घाइते भएका थिए ।