

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्षसमेत रहेका ओलीले सत्तारुढ दलको बैठक बोलाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
बैठकमा संसदबाट अध्यादेश पारित गर्ने, टीआरसीको काम अगाडि बढाउने र संविधान संशोधनका लागि कार्यदल बनाउने विषयमा पनि छलफल हुनेछ। अहिले सत्ता घटकका लोसपा र जसपा नेपालले अध्यादेशको विपक्षमा अभिव्यक्ति दिएपनि विकल्प बनाएर भएपनि पारित गर्ने कांग्रेस-एमालेको तयारी छ।
शुक्रबार साँझमा पनि उच्चस्तरीय संयन्त्रको बैठकमा संसद्मा पेस गर्ने अध्यादेश, सरकारका काम कारबाहीलगायत विषयमा छलफल भएको थियो।