![Chok_Bahadur_Dhakal_mb0mkItwU1](https://www.sutranews.com/wp-content/uploads/2025/02/Chok_Bahadur_Dhakal_mb0mkItwU1.jpg)
![लेबनानमा शान्ति सैनिकमाथि आक्रमण हुँदा नेपाली सेनाका उपरथी ढकाल घाइते](https://www.sutranews.com/wp-content/uploads/2025/02/Chok_Bahadur_Dhakal_mb0mkItwU1.jpg)
काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत लेबनानमा खटिएका नेपाली शान्ति सेनमाथि प्रदर्शनकारीले आक्रमण गरेको छ । सो आक्रमणबाट नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
जंगी अण्डाका अनुसार गएराति १२ बजेतिर राजधानी बेरुत नजिक युनिफिल मिसनका डेपुटी फोर्स कमाण्डर ढकाल सवार गाडीलाई प्रदर्शकारीले तोडफोड गरेका थिए । त्यसक्रममा उनी घाइते भएका हुन् ।
‘ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारी, भिडले रोकी तोडफोड गर्दा उपरथी ढकाल घाइते भएका छन्’, निर्देशनालयद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनापश्चात उहाँलाई तत्कालै उद्धार गरी यूएनको लेभल थ्री अस्पताल बेरुत पु¥याइएको थियो ।’ सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार हाल उनी खतरामुक्त रहेका छन् ।
घटनाबारे मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ ।
शान्ति सैनिकमाथि भएको यस किसिमको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र संघले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ ।
घटनाको भत्र्सना गर्दै लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति, समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।