![29112016081224queue_for_driving_licence_e-1000x0](https://www.sutranews.com/wp-content/uploads/2025/02/29112016081224queue_for_driving_licence_e-1000x0-1-e1739618719816.jpg)
![“लाइसेन्स”मै रन्थनिय युवा पुस्ता](https://www.sutranews.com/wp-content/uploads/2025/02/29112016081224queue_for_driving_licence_e-1000x0-1-e1739618719816.jpg)
काठमाडौं । गणतन्त्रको स्थापनपछी हामीले एउटा न्यानो सरल र सहज जिन्दगीको अपेक्षा गरेका थियौ । तर त्यसपछिका नेपालीका जीवनचर्या झन असहज, जटिल, झन्झटिलो र बोझिलो बन्दै गएको अनुभुती भैरहेको छ । यसबाट के बुझिन्छ भने ब्यवस्था परिवर्तन हुदैमा उन्नतिका आधारशिलाहरु एकाएक ठडिन्छन भन्नू र सोच्नु भुल रहेछ । समयान्तर सगै सर्पलाई आफ्नै काचुली बोझिलो थोत्रो बेकम्मा लागेर फेरेजस्तै राज्यले पनि आफ्नो शासन ब्यवस्था पुरानो र थोत्रा लागेर फेर्दै जाने हो भने नयाँको अपेक्षिमा यो देश केवल प्रयोगशालामै बुढो हुँदै जाने र जनताको समस्या जस्ताको तस्तै पो रहिरहने होकि भन्ने त्रास पो हुनथालेको छ ?
सवारी चालक अनुमति पत्र अर्थात “लाइसेन्स” नभई गाडी चलाउन पाइदैन । नेपालमा मात्रै होइन संसारमै लाइसेन्स बाहकले मात्रै सवारी साधन चलाउन पाउछन । अनुमति पत्र लिने बैधानिक बाटो भनेको लिखित परिक्षा र ट्रायल पास हो। हामी नेपालीहरु जति जति आधुनिक हुँदै गयौं उति उति कानुनहरु फेरिदै र थपिदै गए । झन्झन् जटिलताहरु थोपरिदै गए। वास्तवमा जीवन जटिलताबाट सरलतातिर जानुपर्ने हो तर हामी उल्टो बगिरहेका छौ ।
अहिले यातायात ब्यवस्था बिभागमा देखिएको अन्योलता अल्मल्याइ असहजता र झन्झटिलोपन पुरानै परंरागत सोचाइको पछ्याइ हो । अहिलेको प्रबिधिको उपयोग पछ्याउनु नसक्नु हाम्रो कमजोरी हो । चाहे लाइसेन्स नविकरण होस ,चाहे नयाँ दर्ता प्रक्रिया होस कतैपनी प्रबिधिको अपडेट छैन । यदि लाइसेन्स शाखाले आफुलाइ प्रबिधिमैत्री बनाएको भए यातायात ब्यवस्था बिभागको सागुरो भवन वरिपरि हजारौं मान्छेलाई भेडाबाख्रा जसरी लाइन लगाएर उभ्याउन बाध्य बनाइदैनथ्यो होला । नागरिकता बनाउनु भन्दा पनि लाइसेन्स बनाउन धेरै झन्झटिलो देखिएको छ यसलाई कसरी समय सापेक्ष बनाउने भन्ने कुरामा कसैलाई मतलब नहुनु दुखको कुरा हो ।
हस्तलिखित लाइसेन्सको अन्त भएको पनि यतिका बर्ष भो त्यतिबेला सहज र छिटो लाइसेन्स बन्थ्यो। अहिले लाइसेन्स डिजिटल प्रबिधिबाट बन्छ र पनि दुई बर्षसम्म कुर्नुपर्ने बाद्यता छ किन ? यो भनेको हास्यास्पद र लज्जाबोधको पराकाष्ठा हो । ३२ पेज भएको पासपोर्ट चै निवेदन दिएको १५ दिनमा पाइनु अनि ८/६ इन्चिको एउटा आइ डि कार्ड छापिन डेढ देखि दुई बर्ष लाग्नु यो के हो ? यस्को जवाफ दिने निकाय को हो ? र यस्तो किन भएको ? यस्तो हुनुमा लापरबाही कस्को छ ? किन जनतामाथीको हेल्चेक्र्यैको अन्त हुन नसकेको अझैसम्म ?
सबैभन्दा दुखको कुरो यातायातलाई ब्यवस्थित गर्ने आफ्नै बिभागको गाडी पार्किङ स्थल छैन। त्यस्तो सागुरो स्थानमा यातायात ब्यवस्थापन बिभाग किन राखियो? के उपत्यका भित्र दुई चार रोपनी जग्गा पनि सक्किसकेको अवस्था हो र ? मान्छे माथी मान्छेले कुल्चिएर लाइन बस्नुपर्ने अवस्था छ । गाडीको या बाइकको लाइसेन्स लिन जानेहरूको गाडी वा बाइक कतै पार्किङ गर्ने स्थल छैन । चक्रपथमा पार्किङ गर्न मिल्दैन । दैनिकी हजारौं सेवाग्राही बाध्य भएर जानुपर्ने कार्यलयमा उपयुक्त पार्किङ समेत नुहुनु र उपयुक्त बाटो पनि नहुनुले के शन्केत गर्छ भने जनता भनेका जन्तु हुन यिन्लाइ सेवा लिनु बाध्यता छ जस्तोसुकै हालतमा झुन्डिएर तन्किएर बाङ्गीएर नाङ्गिएर पनि सेवा लिइहाल्छन केको सुबिधा दिनुपर्छर भन्ने दरिद्र मानसिकताको द्योतक हो यो।
पाँच रुपैयाँ पर्ने टिकटलाई २५ रुपैया तिरेर निवेदनमा टास्नुपर्ने बाध्यता छ अनि किन २० रुपैयाँ बढी लिएको भनेर सोधपुछ गरेको “हाम्ले पनि फाइदा खानुपर्यो नि”भनेर जवाफ पाइन्छ । खुला रूपमा भाडा नतिरी बिभागको आगन मै बसेर सेवाग्राहीलाई यसरी दिनदाहाडै ठगिरहेका छन ।
स्मार्ट लाइसेन्स लिने नाउँमा अझै चुस्तता अझै सेवाग्राहीलाई छिटोभन्दा छिटो सेवा दिन सकिन पर्ने हो तर यसो भएको छैन ।
स्मार्ट लाइसेन्स दिनु भनेको मेसिन रिडेबल चालक अनुमति पत्र दिनु हो तर लाइसेन्सको डाटा पढ्ने प्रबिधि कहाँ हुन्छ को अन्तर्गत हुन्छ भन्ने कुरा जनता जान्न चाहन्छ । लाइसेन्समा जडान गरिएको माइक्रो चिफ्स खसेर हरायो भनेर यातायात ब्यावस्था बिभागमा निवेदन दिन आउनेको संख्या पनि थुप्रै देखियो । पहिलो लाइसेन्स बनाउदा भएको त्रुटिपूर्ण डाटा हटाउन र अर्को लाइसेन्स निकाल्न पनि उतिनै समय र पैसा लाग्दोरहेछ ।
८ महिनामा मानिस जन्मिन्छ तर लाइसेन्स बनाउन दुई बर्ष कुर्नुपर्ने बाध्यता छ । हामी कुरा चै रेल र पानी जहाजको गर्छौ, स्मार्ट सिटिको कुरा गर्छौ, सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना गर्छौ तर! हकिकतमा चै सामान्य चालक अनुमति पत्र पनि ब्यवस्थापन गरेर बितरण गर्न सकेका छैनौं ।
एउटा निजि स्कुलले एउटा बिद्यार्थीको डिजिटल परिचयपत्र एक दिनमा दिन सक्छ तर एउटा सरकारले आफ्ना जनतालाई कर भ्याट लगाएर पनि चालक अनुमति पत्र दिन २० महिनामा सकिन्न भने अनि यो देशमा सरकारसग जनताले के अपेक्षा गर्ने ?
लाइसेन्स लिन निवेदन दिएको एक बर्षमा पनि पालो आउदैन । युवा पुस्ता यसरी लाइसेन्स यातायात ब्यवस्था बिभागमा अल्झिरहने हो भने अरु प्रगतिका कुरा तर्फ उनीहरूको ध्यानाकर्षण कसरी होला। यातायात ब्यवस्थापन बिभागमा जे सुनियो जे देखियो जस्ताको तस्तै भन्नुपर्दा –
– ट्राफिकले लाइसेन्स चेक गर्ने अधिकार गुमाइसकेको छ
– नागरिकता र पासपोर्ट लिन सजिलो लाइसेन्स लिन किन गाह्रो ?
– लाइसेन्स लिन निवेदन दिएको एक बर्ष भो कुनै अत्तोपत्तो छैन ।
-लाइसेन्स छपाईको यो अन्योलता कहिलेसम्म हट्ने कसैसँग जवाफ छैन।
– लाइसेन्स लिन तिरेको करको भौचर खल्तीमा हालेको आज १५ महिना भो पसिनाले च्यातिएर टुक्राटुक्रा भैसक्यो
-आशा मर्दै गएको छ कि लाइसेन्स आउलाकि नआउला ।
– यो पसिनाले भिजेको टुक्रा कसरी जोगाउनु ।यही कागज पनि दिनहु चेक गर्छन ट्राफिक । देखाउदा देखाउदा धुजा भैसक्यो।