मृगौलामा समस्या हुँदा शरीरमा देखिन्छन् यस्ता लक्षण-Sutra News

मृगौलामा समस्या हुँदा शरीरमा देखिन्छन् यस्ता लक्षण

आइतबार, ४ फाल्गुन २०८१

आइतबार, ४ फाल्गुन २०८१

मृगौला शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। मृगौलाले शरीरको अतिरिक्त पानी र फोहोर हटाउने काम गर्छ।



मृगौला फेल हुँदा सम्पूर्ण शरीरलाई असर गर्छ। मृगौला फेल हुँदा शरीरमा फोहोर र पानी जम्मा हुन थाल्छ । समयमै उपचार नपाएमा मृगौला फेल पनि हुन सक्छ ।

शरीरको कुनै पनि अंग बिग्रनु अघि, यसले केही संकेत दिन्छ, यी बुझेर, समयमै उपचार गरेर गम्भीर समस्याबाट बच्न सकिन्छ।

मिर्गौला फेल भएको लक्षण राती देखिने गर्छ । जसको पहिचान गरेर मिर्गौलालाई क्षति हुनबाट बचाउन सकिन्छ ।

राति बारम्बार पिसाब

राति बारम्बार पिसाब लाग्नु सामान्य कुरा हो। यदि तपाईलाई राति बारम्बार पिसाब फेर्न आवश्यक महसुस हुन्छ भने यो मिर्गौला समस्याको संकेत हुन सक्छ। मिर्गौलाले राम्ररी काम नगर्दा पहिलो असर पिसाबमा पर्छ ।

राति तिर्खा लाग्ने

राति अत्याधिक तिर्खा लाग्नु पनि मिर्गौला खराब भएको संकेत हुनसक्छ । मिर्गौला फेल हुँदा शरीरमा पानीको सन्तुलन बिग्रन्छ जसका कारण बारम्बार तिर्खा लाग्ने गर्छ । राति बारम्बार तिर्खा लाग्छ भने बेवास्ता गर्नु हुँदैन ।

पिसाब गर्दा दुखाइ र जलन

पिसाब गर्दा दुख्ने वा जलन महसुस हुनु मृगौला बिग्रिएको लक्षण हुन सक्छ। पिसाब गर्दा जलन र दुखाइ महसुस भएमा तुरुन्त चिकित्सककहाँ जानुपर्छ ।

पिसाबमा रगत

पिसाबमा रगत आउनु मृगौलाको पत्थरी, संक्रमण आदि जस्ता गम्भीर समस्याहरूको संकेत हुन सक्छ। पिसाबमा रगत देखेमा बेवास्ता गर्नु हुँदैन । तुरुन्तै डाक्टरकहाँ जानुपर्छ । यो एक गम्भीर समस्या हुन सक्छ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट