सुनकाे मूल्यमा तिव्र उतारचढाव, एकैदिन २७ सयले घट्याे मूल्य-Sutra News

सुनकाे मूल्यमा तिव्र उतारचढाव, एकैदिन २७ सयले घट्याे मूल्य

आइतबार, ४ फाल्गुन २०८१

आइतबार, ४ फाल्गुन २०८१

काठमाडाैं । स्थानीय बजारमा आइतबार सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ । तिव्र उतारचढावका बिच आइतबार प्रतितोला २ हजार ७ सय रुपैयाँले मूल्य घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।



मूल्य घटेसँगै आइतबार सुनकाे मूल्य प्रतिताेला १ लाख ६७ हजार ५ सय रुपैयाँ प्रति तोला कायम भएको महासंघले जनाएकाे छ ।

यसअघि शुक्रबार तोलाको १ लाख ७० हजार २०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

सुनकाे मूल्य घटिरहँदा चाँदीकाे मूल्यमा पनि गिरावट आएको महासंघले जनाएकाे छ । शुक्रबार १ हजार ९७० रुपैयाँ कायम भएकोमा आइतबार १ हजार ९५५ रुपैयामा कारोबार भइरहेको छ ।

आइतबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश २८८२ डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट