कार्यालयभित्रै प्रहरी सई मृत फेला-Sutra News

कार्यालयभित्रै प्रहरी सई मृत फेला

आइतबार, ४ फाल्गुन २०८१

आइतबार, ४ फाल्गुन २०८१

काठमाडौं । झापामा कार्यालयभित्रै एक प्रहरी मृत अवस्थतामा फेला परेका छन् ।



जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरिक्षक (सई) ४९ वर्षीय धनराज खतिवडा आज बिहान कार्यालयमै मृत अवस्थामा फेला परेका छन् ।

भोजपुरकाे टेम्केमैयुङ गाउँपालिका घर भएका उनी ब्यारेककाे माथिल्लो तलामा फलामको भर्‍याङमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको झापाका एसपी मिलन केसीले बताए ।

घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट