

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनलाई अर्थतन्त्रको चिन्ता गर्नुअघि आफू अर्थमन्त्री बनेको बेला सम्झनु भन्दै जवाफ दिएका छन् ।
प्रतिनिधिसभामा जारी प्रश्नोत्तरका क्रममा पुनको प्रश्नमा ओलीले भने, “देशको अर्थतन्त्रका चिन्ता गर्नुभएकोमा यस अघिका अर्थमन्त्रीलाइै सातमहिना अघि तपाईं आफैं अर्थमन्त्री हुनुहुन्थ्यो । त्यससमय अगाडि र त्यसयतको मूल्य वृद्धिको अनुपात हेर्न म यहाँलाई आग्रह गर्दछु ।”
प्रधानमन्त्री ओलीले आँकडामा प्रश्नोत्तर गर्ने बानी बसाउनुपर्ने बताए । उनले पुँजिगत खर्च वर्षमान पुन अर्थमन्त्री भन्दा बढी भएको जवाफ समेत दिए । “हाम्रो पुँजिगत खर्च कम छ । तर माननीयज्यू अर्थमन्त्री भएको तुलनामा भने अलि बढी नै छ,” उनले भने ।