१४ डिएसपीको काज सरुवा, को कहाँ ?-Sutra News

१४ डिएसपीको काज सरुवा, को कहाँ ?

आइतबार, ४ फाल्गुन २०८१

आइतबार, ४ फाल्गुन २०८१

काठमाडौं । १४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रमुखदेखि इलाका प्रमुखसम्मको सरुवा गरेको हो ।



जिल्ला प्रहरी कार्यालय रसुवाको प्रमुखमा डीएसपी हेमबहादुर शाहीलाई सरुवा गरिएको छ भने रसुवामा रहेका डीएसपी केशव भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीको पर्सनल सेक्युरिटी अफिसर (पीएसओ)को जिम्मेवारी दिइएको छ ।

डीएसपी रवीन्द्र खनाललाई जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा गरिएको छ । मीन बहादुर लामालाई प्रहरी प्रधान कार्यालयमै मानव स्रोत विभागमा सरुवा गरिएको छ ।

त्यस्तै जेशी साहलाई कारागार सुरक्षा कार्यालय सुन्धारा, जीवन निरौलालाई जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी, निरञ्जन थापालाई प्रहरी वृत्त महाराजगन्ज, जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दलाई प्रहरी वृत्त जनसेवामा सरुवा गरिएको भने खगेन्द्रबहादुर खड्कालाई चन्दको ठाउँ झापामा पठाइएको छ ।

विकास थापा इलाका प्रहरी कार्यालय गजुरी धादिङ, ज्ञानकुमार महतो जिल्ला प्रहरी कार्यालय दोलखा, डीएसपी राजन लामालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा, इन्द्रबहादुर रानालाई इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा गरिएको छ भने डिएसपी विजयराज पण्डितलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट